डेस मोइन्स । अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् ।
आयोवा डेमोक्र्याटिक पार्टीले मङ्गलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । पार्टीले मतपत्र मार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच गरेर मात्र नतिजा सार्वजनिक गर्ने स्पष्ट गरेको छ ।
पार्टीका अध्यक्ष ट्रोए प्राइसले कम्प्युटर प्रणाली ह्याक वा कुनै अवरोधका कारण नभई रिपोर्टिङमा मात्र समस्या देखिएको स्पष्ट गरे । नयाँ मोबाइल एपमा समस्या रहेको पार्टीका समर्थकहरुले पहिल्यै औंल्याएका थिए । पार्टीले नतिजामा गडबडी नहोस् भन्नका लागि एक एक गरी मतपत्र गणना गर्न निर्देश दिएको छ ।
डेस मोइन्स काउन्टीका डेमोक्र्याटिक पार्टीका अध्यक्ष टम कर्टनीले पनि मोबाइल एपमा समस्या देखिएको भन्दै मतदाताहरुले गुनासो गरेको बताए । समस्याका बारेमा जानकारी गराए पनि पार्टीको केन्द्रीय कार्यालयले चित्तबुझ्दो जवाफ नदिएको बताए ।
अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन बर्नी स्यान्डर्स, जो बाइडेन, पिट बुटिगीग समेतका वरिष्ट नेताहरु आयोवाको प्रारम्भिक नतिजालाई व्यग्रताका साथ पर्खिरहेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुले डेमोक्र्याटिक पार्टीभित्र फेरि प्रारम्भिक चुनावमा धाँधली हुन लागेको भन्दै व्यङ्ग्य गरेका छन् ।एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: