काठमाडौं । केही घटनाक्रम हेरौँ – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको टोली नेतामा पूर्व एमाले खुम्चियो । त्यसमध्ये एउटा टोलीमा दुई नेता चयन गरिँदा आधाआधाको हिस्सा भएको हो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ । पूर्व एमालेभित्र केपी ओली–माधव नेपालका अलग अलग ढिक्का कित्ता १ पेलाई वा अति निषेधपछि बरु नेतृत्व र अवसर प्रचण्डहरुमै जाओस् भन्ने माधव समूह पुगेको देखिन्छ । र, अर्को वर्ष हुने भनिएको महाधिवेशनमा पनि यही कुरा प्रकट हुने प्रष्ट हुन्छ ।
एकजना पूर्व एमाले नेता भन्छन्, ‘प्रचण्डले आफ्नो कोटा जसरी पनि लिन्छन् । केपीले पेल्ने त माधवलाई मात्र हो ।’ किनभने महाधिवेशनमा १०५९ र १००३ मत बाँडिदा ५६ मतले अध्यक्ष हारेको र ५५र४५ को अनुपातले पछि परेको कारण पनि केपीले माधवसँग त्यस्तो व्यवहार गरिरहेको ती नेताको ठम्याई छ ।
एमालेमा मन भाँडिदाको लाभ स्वभाविक रुपमा पूर्व माओवादीले लिए, भोलि पनि लिनेछन् । यो शृङ्खला महाधिवेशनसम्म पुग्ने लक्ष्ण देखिँदैछ । त्यसो त केपीले गरेको माओवादीसँगको आकस्मिक एकता पनि आफू सुरक्षित बहुमतमा रहने अभियानको एक हिस्सा थियो भन्ने माधव पक्षको बुझाइ छ ।
कस्तो भने, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सबै नियुक्तिमा एक पक्षको हालीमुहाली । यसपछिका हरेक राजनीतिक नियुक्ति, राजदूत संवैधानिक अंगका पदाधिकारी, न्यायाधीश नियुक्तिदेखि न्यायपरिषद् सदस्यसम्ममा एकलौटी भयो । त्यसले माधव पक्षमा कस्तो मानसिकता निर्माण गर्यो भने केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: