काठकाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ ।
मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश ग्यालेन्सपोर्रेले संयुक्त राष्ट्रसङ्घ पदकद्वारा सुशोभित गर्दै नेपाली शान्ति सैनिकको योगदानबाट मालीको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको बताए । उनले भने,“नेपाली शान्ति सैनिकले शान्ति स्थापनामा गरेको योगदान प्रशंसनीय छ, स्थानीयवासीले त्यसको प्रत्यक्ष अनुभूति गरिरहेका छन् ।”
सेक्टर कमाण्डर हुवर्ट ब्यूडोनले अनुशासित, व्यावसायिक र साहसिक नेपाली सैनिकसँग काम गर्न पाउँदा गौरवको महसूस भइरहेको उल्लेख गरेको त्यहाँ तैनाथ नेपाली शान्ति सेनाले जानकारी दिएको छ । उनले भनेका छन्,“प्रतिकूल सुरक्षा स्थिति र मौसममा पनि नेपाली सेनाले निरन्तर खटिएर गरिरहेको निःस्वार्थ सेवाभाव र उत्कृष्ट पेशागत निःपूर्णता प्रदर्शनको म खुलेर प्रशंसा गर्दछु ।”
करिब ५५ डिग्री सेन्टिग्रेट गर्मीमा जमिनमुनि बिच्छ्याइएका विस्फोटक पदार्थ हटाउने जोखिमपूर्ण कार्य नेपाली सेनाले सावधानी र सफलतापूर्वक गर्दै आएको छ । सन् २०१३ देखि त्यहाँ नेपाली शान्ति सैनिक कार्यरत छ । मालीमा क्रियाशील विद्रोही र आतङ्ककारी समूह सक्रिय भएकै कारण त्यहाँ तैनाथ राष्ट्रसङ्घको शान्ति मिसनले निकै ठूलो धनजन व्यहोर्नु परेको छ । दक्ष जनशक्ति र प्रविधियुक्त सीप प्रयोग गरी नेपाली शान्ति सैनिकले भने सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिरहेको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि धेरै सुरक्षा फौज पठाउने मुलुकको सूचीमा नेपाल चौथो स्थान लिन सफल भएको छ । विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् ।
द्वन्द्वग्रस्त १२ मुलुकमा पाँच हजार ६५८ नेपाली सुरक्षाकर्मी शान्तिदूतका रुपमा हाल कार्यरत छन् । त्यसमध्ये नेपाली सेना पाँच हजार ९६ छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या ५६२ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
हालसम्म एक लाख २९ हजार ८९९ नेपाली शान्ति सैनिकले शान्ति मिसनमा योगदान पु¥याइसकेका छन् । शान्ति स्थापना क्रममा ६५ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: