काठमाडौं । प्रदेश २ को आठवटै जिल्लाको भारतसित जोडिएका अधिकांश सीमानाकाहरू बन्द भएका छन्।
केही जिल्लाहरूमा नाका खुला रहेपनि भारतमा आइतवार \'जन कर्फ्य\' लगाइएकाले सबै नाकाहरू बन्द भएका छन्।
त्यसको प्रभावले सीमा क्षेत्रका नेपाली बजारहरू समेत बन्द भएका छन् ।
पर्सा जिल्लाको नाकाहरूबाट आउजाउ गर्न शनिवारसम्म दिइएपनि आइतवार पूर्ण रुपमा आवागमन बन्द गरिएकोछ।
भारतले नेपालसित खुला गरेको चारवटा प्रमुख नाकाहरू मध्ये बीरगञ्ज-रक्सौल नाकापनि हो।
तर भारतीय क्षेत्रमा नाका बन्द गरिएपछि नेपालबाट मानिसलाई जान दिइएको छैन।
बारा जिल्लाको पनि सबै नाकाहरू बन्द भएका छन्। बारा जिल्लाको पनि सबै नाकाहरू बन्द रहेको रुद्रप्रसाद पण्डितले जनाए।
अन्य दिनमा समान्य जाँचपछि आवतजावत गर्न दिएपनि आइतवार पूर्ण रुपमा बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले भारतीय पक्षबाट नै आउजाउमा रोक लगाइएपनि नेपालीहरूपनि त्यस तर्फ जान पाएका छैनन्।
रौतहट जिल्लाका पनि सबै नाकाहरू बन्द गरिएका छन्।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ८ वटै नाका बन्द गरिएको बताए।
मुख्य नाका बैरगनिया बन्द भएपछि गौर नगरको बजारपनि नराम्ररी प्रभावित भएका छन्। गौरका अधिकांश पसलहरू बन्द भएका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सीमा क्षेत्रमा नेपाली पक्षबाटपनि उच्च सतर्कता अपनाइएकोछ।
सर्लाही जिल्लाको २३ वटा नाका मध्ये मलङ्गवा र बलरा नाका खुला राखिएकोछ।
तर आइतवार त्यसबाटपनि आउजाउ भएको छैन।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार सीमा क्षेत्रमा हेल्थ डेस्क लगायत सुरक्षा व्यवस्थालाई सुदृढ बनाइएको छ।
आउजाउ गर्ने मानिसहरुलाई तापक्रम जाँच गर्ने र शङ्कास्पद देखिएका मानिसहरूलाई तत्काल जिल्ला अस्पतालमा पठाइने गरिएको जीसीले जनाए।
सप्तरी जिल्लाको ९ नाका मध्ये ८ वटा बन्द रहेका छन्।
एकमात्र कुनौली भन्सार खुला रहेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनाए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: