Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कोरोना संक्रमणको जानकारी १४ घण्टा लुकाइयो

काठमाडौँ । सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र हैन, निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन । जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

आजको कान्तिपुरमा खबर छ - बिरामीमा कोभिड–१९ संक्रमण देखिएको सूचना बाहिरिएलगत्तै त्यसबारे बुझ्न उक्त अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई कान्तिपुरले सम्पर्क गर्दा उनले अनभिज्ञता जनाए। ‘हामीले उपचार गरिरहेको बिरामी, हामीलाई नै रिपोर्ट आएको छैन,’ उनले भने, ‘यहाँ डाक्टरहरू सबैले मलाई कराइरहेका छन्। मैले के जवाफ दिने ?’

लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सम्पर्क गर्दा उनले भने, ‘म पनि विवरण खोज्दै छु, पाएको छैन। आधा घण्टामा कल गर्नुस् न है।’

दुवैको जवाफबाट स्वास्थ्य मन्त्रालयका विभागहरूबीच अहिलेको विषम परिस्थितिमा पनि राम्रो समन्वय नरहेको प्रस्टै बुझिन्थ्यो। मन्त्रालयका यस्तै कमजोरीबीच स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अपराह्न ४ः१५ बजे पत्रकार सम्मेलन गरी जानकारी दिए– एयर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत यूएईबाट आएका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखियो। पत्रकार सम्मेलनमा उनले अब सबै संयन्त्र ‘चेन अफ कमान्ड’ का आधारमा चल्ने र त्यसलाई सबैले मान्नुपर्ने पनि बताए।

चिकित्सकहरूले भने संक्रमित व्यक्तिबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी सूचना लुकाएको भन्दै आपत्ति जनाएका छन्। ‘ती व्यक्ति संक्रमित रहेको कुरा हिजो ९मंगलबार० राति नै मन्त्रालयलगायतलाई थाहा रहेछ, तर हामी उपचारमा संलग्न चिकित्सकले बुधबार साँझ मात्र सञ्चार माध्यमबाट थाहा पायौं,’ टेकु अस्पतालका डा। राजेश साहले भने, ‘बिरामीको उपचारमा संलग्न चिकित्साकर्मीसँग संक्रमणको स्थिति लुकाउँदा ठूलो दुर्घटना हुन सक्ने अवस्था छ।’

टेकु अस्पतालका चिकित्साकर्मीले बुधबारै आफ्ना निर्देशक डा.राजभण्डारीलाई भेटेर बिरामीको अवस्थाबारे जानकारी लुकाउने काम भए उपचार प्रक्रिया नै छोड्ने चेतावनी दिएका छन्। जवाफमा डा। भण्डारीले आफूलाई पनि ती बिरामी संक्रमित रहेको जानकारी नरहेको चिकित्साकर्मीहरूलाई बताएका थिए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनै व्यक्तिको कोभिड–१९ रिपोर्ट पोजेटिभ आउनेबित्तिकै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपर्ने हो। त्यसले तुरन्तै हामीलाई सूचित गर्नुपर्ने हो,’ डा। राजभण्डारीले भने। तर जनस्वास्थ्य प्रयोगशालालाई कोभिड–१९ देखिएको रिपोर्ट अस्पताललाई नदिई सिधै स्वास्थ्य मन्त्रालयमा पठाउन लगाइँदा यसअघि पनि यस्तै समस्या देखिएको उनले जनाए।

पहिलो कोरोना संक्रमितबारेको जानकारी पनि हङकङको प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आएको २४ घण्टापछि मात्र स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE