Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कोरोना भाइरसबाट दशौँ लाख मानिसको ज्यान बचाउन तीव्र कदमको खाँचो

काठमाडौैं । कोरोनाभाइरस प्रकोपको अध्ययन गरिरहेका ब्रिटेनका वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाउने हो भने सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन्।

इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जान सक्छ।

कम्प्युटर प्रणालीबाट निकालिएको हिसाब अनुसार अत्यन्त खराब स्थितिमा सघन उपचार आवश्यक पर्ने बिरामीहरूको सङ्ख्या धान्न सकिने भन्दा २० गुना ज्यादा हुनेछ।

वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष ठ्याक्कै नमिल्न पनि सक्ने भन्दै सरकारहरूले कुनै काम नगरेको खण्डमा मात्र आफूहरूले दिएको चेतावनीको स्थिति आउनसक्ने बताएका छन्। उनीहरूले बढी उमेरका मानिसहरू घरपरिवारमै बस्ने अल्पविकसित देशहरूमा प्रकोपको असर खतरनाक हुन सक्ने पनि बताए।

कोरोनाभाइरस नयाँ भएकाले यसबारे थुप्रै कुरा जान्न अझै बाँकी रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन्।

प्रारम्भिक विवरणहरूमा धेरै उमेरकालाई यसले बढ्ता असर पारेको अनि महिलाभन्दा पुरुषका निम्ति यो धेरै घातक भएको देखिएको छ।

साथै बालबालिकामा यसले पार्ने प्रभाव पनि कम देखिएको छ।

धूम्रपानको के असर ?
युरोपको रोग नियन्त्रणसम्बन्धी एउटा निकायले बढी उमेरका मानिसभन्दा पनि धेरै धूम्रपान गर्नेहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको हुनसक्ने बताएको छ।

एक विवरणमा उसले पुराना अम्मली वर्तमान अम्मलीभन्दा बढी जोखिममा हुनसक्ने पनि उल्लेख गरेको छ।

उनीहरूको कोषमा एक प्रकारको इन्जाइमका कारण त्यो हुनसक्ने बताइएको छ।

सो निकायले धूम्रपान गर्नेहरूलाई पनि सो रोगको अति जोखिमा रहेका समूहमा राख्न भनेको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: