Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुको भिडियो सम्मेलन, लकडाउनमा प्रविधिको उपयोग बढाइनुपर्ने

काठमाडौं । खानेपानी, सरसफाइ, स्वास्थ्य र स्वच्छताको क्षेत्रमा कार्यरत विज्ञहरुले कोभिड–१९को जोखिमबाट बच्न जारी बन्दाबन्दी(लकडाउन)मा प्रविधिको उपयोग गरिनुपर्नेमा जोड दिएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रालिको आयोजनामा यस क्षेत्रका विज्ञहरुको भिडियो सम्मेलनका वक्ता तथा सहभागीले मानिसको बाँच्ने अधिकारसँग जोडिएको र संविधानले मौलिक हकमा समावेश गरेको स्वच्छ र शुद्ध खानेपानी सेवा पूर्ववत् रुपमा जारी राख्न प्रविधिको उपयोगमा सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिएको हो ।

यस क्षेत्रको नेतृत्व लिने व्यक्तित्वको अभाव रहेकाले पर्याप्त मात्रामा पानीको आपूर्ति हुन नसकेको उनीहरुको भनाई थियो । छलफलमा स्रोतव्यक्तिको रुपमा उपस्थित एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष तथा एशिया वाटर काउन्सिलका सल्लाहकार डा। बिन्दुनाथ लोहनीले सबैले आफूलाई चाहिएजति गुणस्तरीय पानी पाउने वातावरण सुनिश्चित भएपछि मात्र यस क्षेत्रको नेतृत्व सफल हुने बताए ।

पानीका कारण संसारमा द्वन्द्व हुने गरेकाले समस्या समाधान हुँदा विश्वमा शान्ति आउने र यसको समाधान गर्ने नेतृत्व शान्तिको हकदार हुने उनको भनाई थियो ।

कोरोना भाइरस सङ्क्रमणको नयाँ सङ्कटले सरकारलाई राहत, पुनरुत्थान कार्यक्रम ल्याउन प्रेरित गर्ने र यस्तो कार्यक्रमले हात धुने बानी, खानेबानी, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा मार्ग निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सघाउने डा।लोहनीले बताए ।

खानेपानीमा प्रविधि प्रवद्र्धनमा संलग्न मङ्गेशलाल श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको सङ्कटले प्रविधिको विकास, विस्तार र उपयोगको अवसर सृजना भएको बताए । बन्दाबन्दीपछि अनलाइनबाट घरमै बसेर काम गर्ने संस्कार बढेको बताउदै उनले जोखिम भएका र अत्यावश्यक क्षेत्रमा ड्रोन, रोबोटबाट काम लिने प्रवृत्ति बढेको उल्लेख गरे ।

स्वास्थ्य परीक्षण र समाचार सङ्कलनमा डिजिटल प्रविधिको उपयोग भएको छ । खाद्यान्न र अत्यावश्यक सेवा आपूर्तिमा नयाँ उपायको खोजी भएको छ । कोरोनाको सङ्कटले विज्ञान र प्रविधिको विकास, विस्तार र उपयोगलाई व्यापक बनाएको श्रेष्ठको भनाई थियो ।

खानेपानी विज्ञ डा।दिनेश मानन्धरले भाइरसबाट बच्न एकापसको दूरी कम गर्नुपर्ने भएकाले खानेपानी र सरसफाइ क्षेत्रमा सूचना, सञ्चार र प्रविधिको व्यापक प्रयोग बढाउनुपर्ने अवसर आएको बताए ।

खानेपानीको उत्पादन, प्रशोधन, वितरण र महसुल भुक्तानीमा स्मार्ट प्रविधि अपनाउन आवश्यक भएको पनि उहाँले उल्लेख गरे । उपयोग भैसकेको पानी, ढल एवं उद्योगबाट निःसृत पानीको समुचित प्रशोधन, शहरी र अस्पतालका फोहरमैलाको सुव्यवस्थापन जस्ता क्षेत्रमा नीति निर्माता र सबै तहका सरकारको ध्यानाकर्षण गराइनुपर्ने मानन्धरको विचार थियो ।

पूर्व सचिव इञ्जिनीयर किशोर थापाले सङ्कटले खानेपानीको उपलब्धता, आपूर्ति र गुणस्तरबारे सोच्न सबै तहका सरकारलाई बाध्य बनाएको बताए ।

“हात धुने सन्देश दिँदा पानी उपलब्ध गराउन सबै तहमा दवाव बढेको छ, सरकारी निकायले वितरण गर्ने पानीमा न्यूनतम् गुणस्तर कायम होला, निजी क्षेत्रले उत्पादन र वितरण गरिरहेको पानीको गुणस्तर कसले हेरेको छ रु इनार र ट्यूबवेलको पानीको गुणस्तर के छ रु, यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ”–उनले भने ।

धेरै जनाले प्रयोग गर्ने चर्पीका बारेमा पनि निर्देशिका अत्यावश्यक भैसकेको पूर्व सचिव थापाले बताउनुभयो । कम पानीबाट हातधुने प्रविधि विकास गर्न र पानीबाट सर्ने रोगबाट आम नागरिकलाई जोगाउन सचेतना आवशयक रहेको सहभागीको माग थियो ।

राष्ट्रिय नीति प्रतिष्ठानका अध्यक्ष डा। विष्णुराज उप्रेतीले संविधानले मौलिक हक अन्तरगत राखेका खानेपानी, स्वास्थ्य र शिक्षाका बारेमा बन्दाबन्दीका बेला विशेष ध्यान दिनुपर्ने बताए ।

भिडियो सम्मेलनमा प्रदेश सदस्यद्वय शिवचन्द्र चौधरी र रमेश पौडेल, सञ्चारकर्मीद्वय प्रकाश अधिकारी र दीपक आचार्य, खानेपानी क्षेत्रमा कार्यरत प्रकाश अमात्य, लक्ष्मी देवकोटा, उद्धवराज खतिवडा, फूर्वा मोक्तान लगायत सहभागी थिए ।

स्मार्ट वासका अध्यक्ष इञ्जिनीयर रामदीप साहको अग्रसरतामा भएको भिडियो सम्मेलनको सहजीकरण पूर्वमन्त्री इञ्जिनीयर गणेश साहले गरेका थिए। प्रविधि मार्फत् खानेपानी, स्वास्थ्य र स्वच्छताको अभियान चलाए दूरी कायम गर्नुपर्ने रोगको प्रकोप बढेका बेला सबैका लागि लाभदायी हुने उनीहरुको भनाई थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE