काठमाडौं । सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा बढाउनका लागि सरकारले पहल गरिरहेको छ । त्यसमा निजी क्षेत्रले पनि साथ दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र श्री एयरलाइन्सका सुधिर मित्तल तथा महासंघका कार्यकारीणी सदस्य सुधिर आचार्यलगायत पहलमा आज कोरोना भाइरसको परीक्षणका लागि महत्वपूर्ण मानिएको पिसिआर किटलगायत अत्यावश्यक सामग्री आइपुगेको हो । ती सामान आयातका लागि सरकारको पहलमा निजी क्षेत्रको वायु सेवा कम्पनी श्री एयरलाइन्सले चार्टड उडान गरेको थियो ।
सिंगापुरको टेमासेक फाउन्डेसनले नेपाललाई कोरोना परीक्षणका लागि उपलब्ध गराएको मेडिकल सामग्री तथा गंगालाल अस्पताललाई जरुरी रहेको सामग्री चार्टड उडानमा ल्याइएको महासंघका कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए ।
सरकारलाई प्राप्त भएको तथा निजी क्षेत्रको पहलमा जम्मा गरिएको सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा आइपुगेको सबै स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराइसकिएको आचार्यले जानकारी दिए ।
सिंगापुरको टेमासेक फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री दिने जनाएको थियो । सरकारले भने राहत सामग्री लिनको लागि सिंगापुरतर्फ जहाज पठाउन विविध कारणले समस्या भएको थियो । त्यही समस्याको बीचबाट उद्योगी व्यवसायीको पहलमा नै अत्यावश्यक सामग्री ल्याइएको हो ।
आचार्यका अनुसार कूल १० हजार थान पिसिआर किट ल्याइएको छ । उपलब्ध गराउने कम्पनीका अनुसार ती सामानको मूल्य एक लाख ६० हजार अमेरिकी डलर बराबरको रहेको छ । कोभिड–१९ परीक्षणका लागि अत्यावश्यक मानिएका सामग्री ल्याउन व्यवसायीले पहल गरेको हो । यस्तै डा भगवान कोइरालाको अनुरोधमा एजी परीक्षण किटसमेत ल्याइसकिएको छ । मुटु रोगको उपचारमा ती सामग्री जरुरी पर्दछ । मुटु रोगका उपचार गर्ने अस्पतालका प्रयोगशालामा एजी किट सकिएपछि डा कोइरालाको अनुरोधमा अत्यावश्यक सामग्री ल्याइएको हो । संकटको समयमा सबैले आफूले सकेको सहयोग गरांै भन्ने ध्येयका साथ आफूहरुले ती सामग्री ल्याएको कार्यकारिणी सदस्य आचार्यले जानकारी दिए ।
नेपाललाई प्राप्त भएको अनुदानको पिसिआर रिजेन्ट ल्याउन श्री एयरलाइन्सको जहाज बिहिबार सिंगापुर उडेको थियो । श्रीको बम्बार्डियर सिआरजे–७०० सिंगापुर गएको थियो । बिहिबार साँझ नै उक्त जहाज फर्कने भनिएपनि केही ढिला गरी आज बिहान आइपुगेको हो । फाउन्डेशनले नेपाललाई अनुदान दिने यी रिजेन्ट नेपाल ल्याउनका लागि श्री एयरलाइन्सले ३३ प्रतिशत भाडा आफंै ब्यहोर्ने भएको छ । पूर्व अध्यक्ष मुरारका, वरिष्ठ उपाध्यक्ष गोल्छा र श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले ३३– ३३ प्रतिशत भाडा तिर्ने गरी ल्याइएको हो ।
अनुदानको किट नेपाल ल्याउनकै लागिमात्र तीन हप्ता लागेको बताइएको छ । “विगत १५ दिनको लामो प्रयास पछि सामान ल्याउन सफल भइयो, हामीलाई असाध्यै खुसी तुल्याएको छ” कार्यकारीणि सदस्य आचार्यले भने । यस्तै महासंघका पूर्व अध्यक्ष मुरारकाले पनि विपद्को समयमा आफूहरुले जिम्मेवारी बोध गरेर सामान ल्याउन पहल गरेको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: