Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

दोस्रो विश्वयुद्ध समाप्त भएको दिन आज, हेर्नुहोस् नाजी जर्मनी ढल्दाका दश तस्बिरहरू

एजेन्सी । मे ८ तारिखलाई भिक्टरी अन युरोप अर्थात् भीई डेका भनेर युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको दिवस मनाइन्छ।

\"सन्
सडक-सडकमा लडाइँ शुरू भएको दुई साताभन्दा लामो समयपछि बल्ल बर्लिन पराजित भएको थियो

चार वर्ष लामो भीषण लडाइँपछि सोभियत सेनाले सन् १९४५ एप्रिल १६ तारिखको दिन बर्लिन आक्रमण गरेको थियो।

नाजी जर्मनीले सन् १९४१ को जुन महिनामा सोभियत सङ्घमाथि आक्रमण गरेर लाखौँ मानिसलाई मारेको थियो।

तर सन् १९४५ सम्म आइपुग्दा अडोल्फ हिटलर कमजोर भइसकेका थिए। उनको सानो र अव्यवस्थित सेना पूर्व र दक्षिणबाट आक्रमण गरेको दुई सोभियत सेनाको टुकडीसँग लडिरहेको थियो।

कुल १५ लाख सोभियत सैनिकले बर्लिनलाई घेरेर आक्रमण गरेका थिए।

\"सोभियत
सोभियत सेनाले हवाई आक्रमण पनि गरेका थिए
\"सोभियत
सोभियत सेनाको आक्रमणपछि बर्लिनका नागरिकहरूले सहर छोडेका थिए

सोभियत सेनाको आक्रमणपछि बर्लिनका नागरिकहरूले सहर छोडेका थिए
हिटलर भने बर्लिन सहर छोड्न अनिच्छुक थिए र आफ्ना अन्तिम दिनहरू भूमिगत बङ्करमा बिताएका थिए।

उनी अन्तिम पटक सन् १९४५ एप्रिल २० मा आफ्नो ५६ औँ जन्मदिन मनाउने क्रममा सहरको रक्षा गरिरहेकाहरूलाई तक्मा दिन जमिनमाथि देखापरेका थिए।

त्यही दिन सोभियत सेनाले बर्लिनको केन्द्रतिर गोलाबारी शुरू गरेको थियो।

\"जर्मनीले
जर्मनीले वृद्ध र बालकहरूलाई सेना बनाएको थियो
\"एकैपटक
एकै पटक १५ लाख सोभियत सैनिकले बर्लिनलाई घेरेका थिए

जर्मन सैनिकहरू सङ्ख्या र हतियारमा सोभियत सेनाको तुलनामा थोरै थिए।

सन् १९४५ एप्रिल ३० मा इभा ब्राउनसँग विवाह गरेको भोलिपल्ट हिटलरले आत्महत्या गरे। उनीहरूको शवलाई जमिनमा ल्याएर नजिकैको बमले बनाएको खाल्डोमा जलाइयो।

सोभियत सेनाले त्यसपछि राइखस्ट्यागमाथि कब्जा गरे। त्यहाँबाट जर्मनीमा संसद्‌ भवनमाथि सोभियत सङ्घको झण्डा उचालेको तस्बिर खिचियो।

\"जर्मनीमा
जर्मनीमा संसद्‌ भवनमाथि सोभियत सङ्घको झण्डा उचालेको प्रसिद्ध तस्बिर

बर्लिनले मे २ तारिखमा सोभियत सेनासामु आत्मसमर्पण गरेपनि मे ८ तारिखमा युद्ध समाप्त नभएसम्म लडाइँ जारी थियो।

तर बर्लिन भने पूरै ध्वस्त थियो। सोभियत सैनिकले त्यहाँका नागरिकलाई पाउरोटी पनि बाँडे र जघन्य अपराधहरू पनि गरे।

युद्धपछि बर्लिनमाथि यूके, अमेरिका र सोभियत सङ्घले कब्जा जमाए।

नागरिकहरूले सहर छोड्न थाले भने ती तीन देशका नेताहरूले सहरको बाहिरी क्षेत्रमा युद्ध समाप्त भएको केही महिनापछि भेटेर शान्तिको मानचित्र कोरे।

\"नागरिकहरूले
नागरिकहरूले युद्ध समाप्त भएपछि सहर सफा गरेका थिए
\"यूकेका
यूकेका प्रधानमन्त्री विन्स्टन चर्चिल सन् १९४५ जुलाईमा बर्लिन भ्रमणको क्रममा हिटलरको बङ्करबाहिर रहेको मेचमा बसेका थिए
\"सोभियत

\"बर्लिन\"/
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending