काठमाडौं । विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् ।
कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बास बस्न त के पानीसमेत खान नपाउने अवस्था बनेको एम्बुलेन्स चालकहरुको भनाइ छ । कतिपय ठाउँमा कोरोनाका बिरामी बोकेकै कारण अमानवीय व्यवहारसमेत खेप्नुपरेकोे भोजपुरमा को२च १२५६ नंको एम्बुलेन्स चलाउँदै आएका चालक मचिन्द्र राईले बताए। उनले भने, “कोरोनाका बिरामी बोकेकै कारण मैले धेरै ठाउँमा अपमान भोगेको छु, बास दिन त परको कुरा भयो, बाटोमा हामीलाई स्थानीयवासीले पानीसम्म पनि दिन मान्दैनन्, म भोजपुरबाट खाना खाएर बिरामी लिएर जान्छु र फेरि रातभर लगाएर खान र बस्न भोजपुर नै आइपुग्ने गरेको छु, यात्राका क्रममा हामीलाई असाध्यै समस्या छ ।”
राईले काम गर्न पनि निकै जोखिम रहेको बताए। सम्बन्धित निकायबाट आवश्यक सुरक्षाको सामग्री नपाएको समेत उनले गुनासो गरे । मास्क, पञ्चालगायतका सामग्रीसमेत आफैँले खरिद गरेर काम चलाउने गरेको उनको भनाइ छ । “काम गर्न निकै जोखिम छ, आवश्यक सुरक्षा सामग्री छैन, बिरामी लिएर जाँदा बाटोमा पानीसम्म खान नदिने अवस्था छ, खानाको समय नमिलेकै कारण बिरामी भएर आफैँ पनि अस्पताल बस्नुप¥यो, हामीलाई यो समयमा काम गर्न अत्यन्तै गाह्रो छ” चालक राईले भने।
बस्नका लागि स्थानीयवासीले बास नदिएपछि दिनरात नभनी काम गरेका एम्बुलेन्स चालक जस्तोसुकै अवस्थामा पनि आफ्नै घरमा बस्न पुग्नुपर्ने अवस्था रहेको बताउँछन् । भोजपुरबाट धरान, विराटनगर बिरामी लगेर आइपुग्न १२ देखि १४ घण्टासम्म लाग्ने गरेको चालक राईले बताउनुभयो । त्यस्तै ग्रामीण भेगमा क्वारेन्टाइनमा बसेका विरामीको स्वाब सङ्कलन तथा अन्य कामका लागि गएका चिकित्सकले समेत बास बस्न नपाउने गरेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले भने, “कोरोनाको त्रास बढेका कारण दैनिक काम गर्न स्वास्थ्यकर्मीलाई समेत समस्या छ, कतै स्वाब सङ्कलनका लागि गएमा बास बस्नुपर्ने भएमा स्वास्थ्यकर्मीले सहजरुपमा बास बस्ने अवस्था छैन । भोजपुरको घोडेटारमा कोरोना सङ्क्रमितको स्वाब सङ्कलन गर्न गएको चिकित्सकको टोली बास नपाएर रातको १२ बजे सदरमुकाम आएको तितो अनुभव छ, यस्तै जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीले बास नपाएर रातरात फर्केको अवस्था छ ।”
स्थानीयमा चेतनाको अभावका कारण पनि काम गर्न समस्या हुने गरेको स्वास्थ्य कार्यालयको भनाइ छ । कोरोनाको विषयमा धेरैमा त्रास बढेका कारण उनीहरुले बस्न त के खानसमेत नदिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: