काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको छ । एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो ।
बैठकमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सूचना सम्प्रेषण गरी नेपालीको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्याई नेपाल जानै पर्ने अवस्थाका नेपाली नागरिकलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिएका थिए । कोरोनाका कारण कति समयसम्म अन्तर्राष्ट्रिय उडान रोकिन्छ भन्ने यकिन नभएकाले सो अवधिसम्म धैर्य गर्न उनले आग्रह गरे ।
सङ्घका अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको स्वास्थ्यलाई लिएर आफूहरु अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न सबैको सहयोगको खाँचो औँल्याए । सङ्घका उपाध्यक्ष बद्री केसीले नेपाली कामदारको उद्धारका लागि रु २० करोडसम्मको ‘सिड मनी’को व्यवस्था गर्न नेपाल सरकारलाई प्रस्ताव गरिएको बताए ।
सङ्घको वैदेशिक रोजगार समितिका संयोजकसमेत रहेका केसीले विदेशमा अलपत्र परेका ११२ नेपालीको शव नेपाल लैजान तत्कालै कदम चाल्नुपर्नेम जोड दिएका थिए । बैठकले स्वास्थ्य टोली गठन गरी कोभिड–१९ बाट नेपाली प्रभावित भएका ठाउँमा परिचालन गर्नुपर्ने, हटलाइनको व्यवस्था गरी समस्यामा परेका नेपालीलाई सहयोग गर्नुपर्ने, राहत तथा औषधिका लागि स्वास्थ्य कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: