दमौली । जग्गा अभावमा तनहुँ सदरमुकाम दमौलीको जिल्ला अस्पतालको स्तरोन्नति हुन सकेको छैन । अस्पताल व्यवस्थापन समितिको पहलमा सर्वदलीय तथा सर्वपक्षीय बैठकले कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको जग्गा अस्पताललाई उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । सँगैको ती जग्गा अस्पताल मातहत ल्याउन सकिए यसलाई पचास शैय्याको बनाउन सकिने व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । “अस्पतालको स्तरोन्नति गर्नुपर्छ भनेर लामो समयदेखि आवाज उठ्दै आइरहेको छ, तर जग्गा अभावमा अस्पतालको स्तरोन्नति हुन सकिरहेको छैन,” अधिकारीले भने। हाल सञ्चालन भइरहेको स्थानमा नै अस्पतालको स्तरोन्नति गरिनुपर्नेमा व्यवस्थापन समिति दृढ रहेको बताउँदै अधिकारीले भने, “जग्गा अभाबलाई देखाएर तनहुँका जनताले विशेषज्ञ सहितको सेवा नपाउने अवस्था कहिलेसम्म राख्ने हो ?
हाल १५ शैय्यामा सञ्चालित अस्पताललाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न कम्तिमा ३५ देखि ८० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने देखिएको छ । अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्थानीयवासी राजेन्द्र खनालले सबै पूर्वाधार नगरपालिका–२, ३ मा मात्रै केन्द्रित नगरी दायाँबायाँ विस्तार गर्नुपर्ने भएकाले आसपासका स्थानमा जग्गाको खोजी गर्नुपर्ने बताए । खनालले केही वर्ष अगाडि पाटनमा अस्पतालका लागि २५ रोपनी जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराउने सहमति जनाएपनि कार्यान्वयनमा नआएको बताए । दैनिक एक सय बढी बिरामी अस्पतालमा स्वास्थ्य उपचारका लागि आउँछन् । अस्पतालमा दरवन्दीमा तीन डाक्टर छन् त्यसमध्ये एक मेडिकल सुपरिटेन्डेट हुन् । करारसमेतमा गरी आठ डाक्टरले सेवा प्रवाह गरिरहेका छन्
अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेलले अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरवन्दी थप हुने जानकारी दिए । दश स्टाफ नर्सको दरवन्दी थपिन्छ । अस्पतालमा सरकारी तर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । समितिले ३७ शैय्यामा सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको छ । अस्पतालले इमर्जेन्सी, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा, मानसिक र डायोलिसस सेवा प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीका रुपमा स्थापना र २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र भएको यो २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा यसको सुविधासम्पन्न भवन बनेपछि डायलोसिस सेवा शुरु गरिएको, २०७३ सालमा मानसिक उपचार केन्द्र र २०७४ सालमा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: