तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र रु तीन लाख छ हजार ८०२ जरिवाना असुल उपर गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए । त्यस्तै जघन्य अपराधतर्फ कर्तव्य ज्यानका तीन, जबरजस्ती करणीका ११ व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।
मुलुकी अपराध सहिंता, २०७४ बमोजिम अनुसन्धान अधिकारीले धरौटी लिई छाड्न सक्ने कानूनको कार्यान्वयन गर्दै लागुऔषध, हातहतियार तथा खरखजाना र झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने अभियोगमा पक्राउ परेका चार वटा मुद्दाको पाँच व्यक्तिबाट धरौटी लिई प्रहरी कार्यालयमा खातामा जम्मा गराई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।
साथै अवैध चोरी निकासीमा संलग्न ७२ वटा सवारी साधनलाई कानूनी दायरामा ल्याई सम्बन्धित निकायमा दाखिला गरी रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा २२२ थान मुद्दा फछ्र्यौट गरेको छ । जेठ मसान्तसम्म ३६५ थान मुद्दा दर्ता भएकामा २२२ मुद्दा फछ्र्यौट भएको छ भने १४३ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: