नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले शुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गरेका छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १ करोड २५ लाख मानिसलाई रोजगारी दिने योजनाअनुरुप शुरु गर्न लागेको हो ।
‘विशेष रोजगार आयोजना’ नाम दिइएको यस आयोजनाबाट भारतको सरकारले यहाँका महिला र पुरुषगरी १ करोड २५ लाख नागरिकलाई रोजगारी दिने बताइएको छ ।यही जुन २६ मा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लागेको जनाईएको छ ।
यो आयोजना भारतको उत्तर प्रदेशका विशेषगरी छ ओटा जिल्लाका लागि लक्ष्य गरिएको छ । उक्त आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री मोदीले यस आयोजनाबाट लाभ लिन लागेका ती जिल्लाका केही स्थानीय नागरिकहरुसँग पनि कुराकानी गर्ने बताईएको छ ।
गोरखपुर लगायतका छ जिल्लाका जनताले यो आयोजनाबाट रोजगारी पाउने भएका हुन् । सो आयोजनाको उद्घाटनपछि उनले ती जिल्लाका महिला र पुरुषसँग अन्तक्र्रिया गर्ने बताईएको छ । यो आयोजनालाई भारतको सबैभन्दा ठूलो रोजगार आयोजनाका रुपमा लिइएको छ । यस आयोजनाको सञ्चालनबाट उत्तर प्रदेशमा विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए ।
तर उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनी भारतको सरकारले प्रचार गरेको यस कार्यक्रमप्रति भारतका विभिन्न विपक्षी राजनीतिक दलहरुले भने विश्वास गरेका छैनन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: