Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

३६ औँ आसियान सम्मेलनद्वारा कोभिड–१९ विरूद्धको लडाईं र महामारीपछिको सुधारमा जोड

\"\"

एजेन्सी । दक्षिणपूर्वी एशियाली मुलुकहरूको संगठन (आसियान) को ३६औँ सम्मेलन शुक्रबार आरम्भ भएको छ ।

भियतनामको अध्यक्षतामा हुँदै गरेको यस सम्मेलनमा सदस्य राष्ट्रहरूबीचको थप सहकार्य, कोभिड–१९ विरूद्धको लडाईं र महामारीपछिको सुधार योजनाबारे छलफल गरिने बताइएको छ ।

भिडियो सम्मेलनलाई सम्बोधन गर्दै भियतनामी प्रधानमन्त्री ङ्युएन सुआन फुकले सम्मेलन ‘महामारीका कारण सिर्जित कठिनाईलाई व्यवस्थापन गर्न आसियन सदस्य राष्ट्रहरूबीच ‘फेरि एक पटक बलियो ऐक्यवद्धता, राजनीतिक इच्छाशक्ति तथा दृढता’ सहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री फुकले आसियन राष्ट्रहरूबीच अनुभव तथा सूचना आदानप्रदान हुँदै आएको चर्चा गर्दै वदलिँदो समयमा समूह राष्ट्रबीच लागि प्रभावकारीरूपमा सहकार्य गर्दै महामारी नियन्त्रणलगायत समग्र क्षेत्रको आर्थिक विकासका लागि थप सक्रिय बन्नुपर्ने बताए । समूह राष्ट्रहरूबीच सहकार्य तथा एकीकरण लक्ष्य सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने उनको धारणा रहेको छ ।

आसियन मुलुकहरूले आपसी लाभका लागि सधैँ साझेदारी गरिरहेको स्मरण गर्दै भने, “हामी आर्थिक उदारीकरण र समाकलनका लागि बृहत आर्थिक क्षेत्रीय साझेदारीलाई टुङ्गोमा पुर्याउन प्रयासमा प्रतिवद्ध रहनेछौँ ।”

‘संशक्तिशील तथा उत्तरदायी आसियन’ नारा दिइएको सम्मेलनले कोभिड–१९ प्रतिरोधका औषधिजन्य सामग्रीको आपूर्ति तथा भण्डारणका लागि कोषको व्यवस्था गर्ने तथा महामारीपछिका योजना तयारीबारे बृहत बहस गर्ने बताइएको छ ।

आसियन नेताहरूले ‘आसियन कम्युनिटी भिजन–२०२५’ अन्तर्गत ब्लुप्रिन्टहरूको कार्यान्वयनको मध्यावधी समीक्षा गर्दै आसियान बडापत्रको कार्यान्वयन मूल्याङ्कन गरी आसियान कार्यक्रमको क्षमतामा सुधार ल्याउने बताएका छन् ।

सन् १९६७ मा स्थापना भएको क्षेत्रीय संगठनमा ब्रुनेई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् ।

भियतनामको दा नाङमा अप्रिलमा सम्पन्न गर्नेगरी तय भएको ३६ औँ सम्मेलन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy