Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन

खोटाङ । प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका राईको स्मृतिमा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो ।

प्रदेशसभा सदस्य उषाकला राईको अध्यक्षतामा ११ सदस्यीय ‘सर्वधन राई स्मृति प्रतिष्ठान’ गठन गरिएको जनाइएको छ । देश र प्रजातन्त्रका लागि निरन्तर सङ्घर्ष गरेर जीवन समर्पण गरेका राईको योगदानलाई इतिहासलाई ताजा राख्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष एवं प्रदेशसभा सदस्य राईले बताए । प्रतिष्ठानको उपाध्यक्षमा केशव राई, सचिवमा जमानसेर राई र कोषाध्यक्षमा रामप्रसाद दङ्गाल रहेका छन् । सदस्यमा पूर्वकानून मन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, पूर्वजिविस सभापति विष्णुकुमार राईलगायत रहेका छन् ।

नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एवं पूर्वी नेपालकै बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लगायतका प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि प्रतिष्ठानकै उपाध्यक्ष राईले आफ्नो अंशको ११ रोपनी ७ आनाभन्दा बढी जग्गा प्रतिष्ठानलाई दान गरेका छन् । प्रतिष्ठानलाई असार ८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ ।

विसं १९७२ भदौ ५ गते जन्मनुभएका राईले विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जहानीय राणा शासन अन्त्यका लागि जनमुक्ति सेनाको कमाण्डर भई पूर्वको किल्ला जित्दै चरिकोटसम्म कब्जा गरी राणा शासन अन्त्य गर्नमा महत्वपूर्ण योगदान गरेका थिए । यस्तै विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर निरङ्कुस पञ्चायती व्यवस्था लादेपछि राजाको सो कदम विरुद्ध राईकै नेतृत्वमा विसं २०१८ कात्तिकमा पहिलो पटक सशस्त्र बिद्रोह गरी दिक्तेल कब्जा गर्दै ऐसेलुखर्क कब्जा गर्ने प्रयास गरिएको थियो ।

सशस्त्र विद्रोह असफल भएपछि र तत्कालीन शासकले टाउकोको मूल्य तोकेपछि सर्वधनले भारतमा ८ वर्ष निर्वासन जीवन बिताएका थिए । सर्वधनले खाल्लेमा ५५ झ्याले घर बनाउनुभएको र तत्कालीन शासकले केही झ्याल भत्काउन लगाएको थियो । यस्तै, खोटाङ बजारमा रहेको सदरमुकामलाई उनकै नेतृत्वमा विसं २०२० मा दिक्तेलमा सारिएको थियो ।

प्रजातान्त्रिक योद्धा राईको स्मृतिमा बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न प्रदेश सरकारबाट रु ३० लाख बजेट विनियोजन भएको छ । प्रतिष्ठानकी अध्यक्ष एवं प्रदेशसभा सदस्य राई सर्वधनका नातिनी र पूर्वकानूनमन्त्री तथा प्रतिनिधिसभा सदस्य तामाङ नातिनी ज्वाइँ हुन् । प्रतिष्ठानका उपाध्यक्ष केशव सर्वधनका कान्छा छोरा हुन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: