म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले युवालाई स्वरोजगारी उपलब्ध गराउन घुम्ती कोष स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आठौँ गाउँसभाले पारित गरेको बजेटमा युवा स्वरोजगार कोष स्थापनाका लागि बजेटको व्यवस्था गरेको हो । कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन रु ३० लाखको घुम्ति कोष खडा गर्ने तयारी गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिए । उनका अनुसार कृषि व्यवसाय प्रर्वद्धन कोष स्थापना तथा सञ्चालनका लागि समेत रु २० लाख विनियोजन भएको छ ।
“रोजगारी गुमाएर विदेश र बजारबाट गाउँमा फर्किएका युवालाई कृषि, पशुपालन, जडिबुटी, फलफुल खेती र स्थानीय स्रोतमा आधारित लघुउद्यम सञ्चालन गर्न युवा स्वरोजगार र कृषि व्यवसाय प्रवद्र्धन कोष स्थापना गरेका हौँ” अध्यक्ष पुनले भने, “कार्यविधि बनाएर युवालाई व्यवसाय सञ्चालन गर्न घुम्ति कोष परिचालन गर्छौँ ।”
धवलागिरिले कोभिड–१९ रोकथाम, पूर्वाधार, रोजगार र पूर्वाधारका योजनालाई प्राथमिकता दिँदै रु ४२ करोड रु ५१ लाख बजेट विनियोजन गरेको छ । तलब भत्ता, प्रशासनिक, सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदानसहित चालू शीर्षकमा रु २९ करोड ८६ लाख ३० हजार र विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा रु १२ करोड ६५ लाख ५२ हजार ५८० बजेट पारित भएको हो ।
कर्मचारी, पदाधीकारीको तलब भत्ता र प्रशासनिक खर्च चालूअन्तर्गत रु छ करोड ८४ लाख बजेट बिनियोजन भएको छ । आन्तरिक आम्दानी रु २६ लाख हुने अनुमान गरेको गाउँपालिकाको बजेटको मुख्य स्रोत सङ्घीय र प्रदेश सरकारको अनुदान तथा चालू आवमा खर्च हुन नसक्ने बजेट हो ।
कोरोना रोकथामका लागि निःशुल्क क्वारेन्टिन सञ्चालन गर्ने नीतिसहित विपद् व्यवस्थापन कोषमा रु ७५ लाख विनियोजन गरेको छ । पँुजीगत शीर्षकको बजेटबाट १९५ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सडक, भवन, सिँचाइ, खानेपानी, ढल निकासलगायत पूर्वाधार योजनामा सबैभन्दा बढी रु तीन करोड ६४ लाख ८६ हजार ५८० विनियोजन भएको छ । पर्यटन गुरुयोजना निर्माणमा रु १० लाख विनियोजन गरेको छ ।
आवासविहीन जनतासँग वडाध्यक्ष, सुनौला हजार दिनका आमासँग अध्यक्ष र उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यस्तै पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । पालिकास्तरीय खेलकुद विकास समिति गठन गर्ने, खेलकुद सामग्री वितरण र घुम्ति शिविरमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, धारापानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने बजेट विनियोजन गरेको छ ।
व्यावसायिक जडिबुटी खेती विस्तार गर्ने, सडक, खानेपानी, सिँचाइ र विद्युत् विस्तारका साथै स्तरोन्नितीमा जोड दिएको छ । कोरोनाका कहरका बिच जनतालाई रोग र भोगबाट गोजाएर विकासका गतिविधि र सेवाप्रवाहलाई निरन्तरता दिने नीति लिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए । आगामी आर्थिक वर्षमा साउनबाटै योजना सर्वेक्षण, लगत तयार, सम्झौता गरी कार्यान्वयन प्रक्रियामा लगेर असारे विकासको समस्यालाई निरुत्साहित गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: