Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

आधुनिक सडक निर्माण गर्दै भीमदत्तनगर

कञ्चनपुर । कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारका सबै गल्लीमा नालीसहित सडक बनाउन लागिएका हुन् । सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आव्हान भैसकेको छ ।

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण सडक निर्माणको कार्य केही ढिलो भएपनि ठेक्का बन्दोवस्ती भइ सकेको बताए । “सडक निर्माणको कार्य समयमै शुरु गरेर निर्धारित समयमै पूरा गर्ने लक्ष्य लिएका छौँ”, उनले भने, “साझेदार संस्था निर्धारि तसमयमै निर्माण कार्य पूरा गर्ने सहमति भएको छ ।”

भीमदत्त नगर बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माण गर्ने योजना छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नालीसहित पक्की सडक निर्माण गरिनेछ । त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो । पहिलो चरणमा पाँच गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने र त्यसपछि अन्य सडक निर्माणको कार्य शुरु गरिने नगरप्रमुख विष्टले बताए ।

नालीसहितका पक्की सडकका लागि सबै पुराना सडक भत्काइने भएका छन् । सडक निर्माणसँगै फुटपाथ हटाइने भएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक तरिकाले कालोपत्रे गरिनेछ । पश्चिमी सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै ३५० किलोटिमर दूरीमा छ । भीमदत्त नगरमा गत वर्ष आधुनिक बसपार्क निर्माण गरी सञ्चालमा आएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना सञ्चालनमा रहेका छन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending