Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

६ वर्ष वितिसक्दा पनि पूरा भएन चाबहिल उत्तरपूर्वका सडक

काठमाडौँ । वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक यातायात बन्द रहेकाले बाइकमा हिँड्दा हिलाम्य हुन बाध्य हुनुपरेको रामचन्द्र पुडासैनीले गुनासो गरे ।

सडककै कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्यमा यात्रा गर्न बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ । तीन तहको सरकार बनेको तीन वर्ष पूरा भएपनि राजधानीको मुख्य भागका समस्या समाधान हुन नसकेको जोरपाटीका मङ्गले तामाङ बताए ।

चावहिल–बौद्ध–जोरपाटीको सडकबीच भागमा कालोपत्र सकिएको छ । दायाँबायाँ ढल विच्छ्याउने लगायतका काम भने सकिएको छैन । जोरपाटीबाट साँखुतिरको सडकका आधादर्जन स्थानमा सडक सीमाको विवाद रहेको आयोजनाले जनाएको छ ।

यस्तै समस्या जोरपाटीबाट सुन्दरीजलतिरको सडकमा पनि छ । समस्या समाधानका लागि यी सडकमा पर्ने तीनवटा स्थानीय तहले समेत काम गर्न नसकेको स्थानीयवासीको दुःखेसो छ । यस क्षेत्रमा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका पर्छन् ।

सडक निर्माणमा आइपरेका विभिन्न समस्याका कारण चावहिलबाट उत्तरपूर्व जाने सडक पूरा हुन नसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरुप्रसाद अधिकारी लामो समयपछि बिजुली पोलको समस्या समाधान भए पनि विस्तार गर्ने स्थानका मानिस अदालतमा मुद्दा लिएर गएकाले काम गर्न नसकिएको बताए । विवादका कारण ढिला भएको सडक बन्दाबन्दी शुरु भएपछि भने निर्माण सामग्री नपाएरै काम हुन नसकेको उनले जानकारी दिए ।

उत्तरपूर्व आउन वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको चुच्चेपाटी–तीनचुले–आरुबारी हुँदै गोकर्णेश्वर महादेव मन्दिर निस्कने बाटोसमेत जीर्ण छ । मित्रपार्कबाट गुह्येश्वरी हुँदै वाग्मती नदी किनारबाट जोरपाटी नारायणटार निस्कने सडकको अवस्था पनि उस्तै छ । यस क्षेत्रमा गुड्ने विभिन्न प्रयोजनका पानीको ट्याङ्करका कारणसमेत सडक विग्रने गरेको छ ।

वर्षा सकिएपछि जहाँ जहाँ जति जति सडक उपलब्ध हुन्छ, त्यतिमै कालोपत्र गर्ने गरी तयारी भइरहेको छ । उपलब्ध सडकमा मङ्सिरसम्ममा कालोपत्र गरिसक्ने आयोजनाको लक्ष्य छ । आयोजनाले सडक बनाउने स्थान खाली नभइ ठेक्का गरेका कारण राम्रो भएका स्थानको सडकसमेत निर्माण शुरु भएपछि बिग्रिएको छ । सडकको दूरावस्थाका कारण सवारी दुर्घटनासमेत बढ्ने गरेको छ । सडकमा बनेको हिलो पोखरीमा बाइक पल्टने गरेका छन् । सवारीले हिलो छ्यापेर पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending