काठमाडौँ । नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर सो ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टिन व्यस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शि बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ ।
काँग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चार माध्यमको खवरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हुँदै जाँदा जनजीवन कष्टकर हुँदै गएको आरोप लगाएको छ । भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताएका थिए ।
साथै उनले पीसीआर परीक्षण हाल दैनिक आठ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए । सहमहामन्त्री डा महत नेतृत्वको प्रतिनिधिमण्डलमा नेताहरु एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी थिए । प्रतिनिधिमण्डलले आजै अपरान्ह दुई बजे अर्थमन्त्रीसँग कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा छलफल गर्न भेट्ने कार्यक्रम रहेको जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: