भक्तपुर । सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले यहाँका ती वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
सो नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको वृक्षरोपणमा आयमुलक प्रजातिका विरुवा रोपिएको उनले बताए । रु ३३ लाखको बिरुवा खरिद गरिएको र डिभिजन वन कार्यालय भक्तपुरको प्राविधिक सहयोग गरेको थियो ।
कागती, टिमुर, तेजपात, अम्रिसो, एभोकार्डो, लोठसल्ला लगायतका प्रजातिका बिरुवा रोपिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिए । नगरक्षेत्रका बिभिन्न सामुदायिक वनमा थप पाँच हजार लालीगुराँस, जडीबुटी र फलफुलका बिरुवा रोप्ने तयारी भैरहेको उनले जानकारी दिए ।
नगरपालिकाले कबुलियत अवधारणा अन्तर्गत वडा नं। ६ को गंगादेवी, कालिका र वडा नं। ८ को बहाल सामुदायिक वनमा वृक्षरोपण अभियान सञ्चालन भइरहेको छ । रोपिएका बिरुवाबाट हुने सम्पूर्ण आम्दानीको पाँच प्रतिशत वन उपभोक्ता समूहलाई, १० प्रतिशत नगरपालिका बुझाउनु पर्ने र बाँकी ८५ प्रतिशत आम्दानी सम्बन्धित व्यक्ति वा समूहले लिने व्यवस्था गरिएको छ ।
प्रत्यक्ष रुपमा व्यक्ति र समूहलाई जोडेर आम्दानी गर्ने भएकाले वृक्षरोपण अभियानलाई सार्थक रुप दिई वन जोगाउने अभियानमा टेवा पुग्ने विश्वास गरिएको छ । वृक्षरोपण कार्यक्रममा गंगादेबी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर तामाङ्गले १८ देखि २० जनासम्म स्थानीयको समूहमा १२ वटा ब्लक बनाएर दुई दिनदेखि वृक्षरोपण गरिरहेको बताए ।
स्थानीयलाई काठ, दाउरा भन्दा आम्दानी र जीवनस्तर उकास्ने गरी नगरपालिकाले सुरु गरेको अभियानले टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: