म्याग्दी । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजामा तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण भएको छ । रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरेर शरीरलाई डुबाएर स्नान गर्न मिल्ने दुई पोखरी निर्माण भएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी बनाइएको उपभोक्ता समितिका अध्यक्ष दिलप्रसाद पुनले जानकारी दिए ।
एउटामा २० र अर्कोमा १० जना बस्न सक्ने क्षमताको पक्की पोखरी बनाइएको छ । पोखरी बनाउन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिम र बन्दाबन्दीका बीच पनि स्थानीय मजदुरलाई परिचालन गरेर पोखरी बनाएको अध्यक्ष पुनले बताए । दर्मीजा गाउँको फेदीमा रहेको सो ठाउँमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान छ । सो मुहानको पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा छालासम्बन्धी, चोटपटक लागेको, बज्रिएको, सुन्निनेजस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
यसअघि त्यहाँ एक मात्र पोखरी थियो । पर्यटकलाई लक्षित गरेर नयाँ पोखरी बनाएको स्थानीय युवा सुविन शेरपुजा पुनले बताए । दर्मीजा आउने पाहुना र पर्यटकलाई तातोपानीको पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइने उनले बताए । पोखरी नजिकै आकर्षक झरना पनि छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सो योजनाका लागि बजेट विनियोजन भएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत दर्मीजामा सिँचाइ आयोजना निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको शिक्षासम्बन्धी कार्यालयको सहयोगमा शिव आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण भएको छ । गाउँपालिका र वडा कार्यालयले विनियोजन गरेको रु १५ लाख बजेटबाट दिपशिखा युवा क्लबको खेलमैदान ढलान गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: