Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो । कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो । मङ्गलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ । स्टकका अनुसार नेप्से ७५।७७ बिन्दुले बढेर एक हजार ३६६.५२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १५.१० अर्थात् ५.५ प्रतिशतले वृद्धि भएको छ । कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर रु ४० करोड ७३ लाख ५२ हजार २४७ मा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ । अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ । होटल ५.१५ अङ्कले घट्दा बैंङ्किङ ८२.३, व्यापार ३३.४८, विकास बैंक ५७.०६, जलविद्युत् ३३.६७, वित्त ४.७५, निर्जीवन बीमा ३२२.४१, उत्पादन १०२.५७, अन्य २०.९४, माइक्रोफाइनान्स १०१.२३, जीवन बीमा ५४८.५३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढेका छन् ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु ६ करोड ७६ लाख ९४ हजार ९३१ मा खरिद बिक्री भयो । यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु चार करोड ९९ लाख ५० हजार, हिमालयन डिस्टिलरी लिमिटेड रु चार करोड २४ लाख ७८ हजार ७५, शिवम् सिमेन्ट्स लिमिटेडको रु दुई करोड ५७ लाख ८१ हजार ११४, एनआइसी एसिया बैंक रु एक करोड ७८ लाख ७४ हजार ५७८ र एनएमबी बैंकको रु एक करोड ७६ लाख ६१ हजार ९४२ मा खरिदबिक्री भए ।

सिटिजन बैंक इन्टरनेशनलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा साना किसान विकास बैंक ९.९८, नागरिक लगानी कोष ९.९७, नेशनल लाइफ इन्सुरेन्स कम्पनी ९.९७, आरएमडिसी लघुवित्त वित्तीय संस्था ९.९५ र बुटवल पावर कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए ।

यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.९२, ओरियन्टल होलट ३.२७, नेपाल दूरसञ्चार कम्पनी २.३५, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी १.७९, आइसिएफसी फाइनान्स १।२१ र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.१८ प्रतिशतले गुमाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: