Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

आलेखः ‘खुुकुलो’ बन्दाबन्दीबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।

बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा यस वर्ष रोक्नुहुन्न भन्दै पाटनवासीले पटकपटक गुठीलाई घच्घच्याइरहेका थिए । अहिले रथ निर्माण गरेर जात्रा सञ्चालन गर्न यहाँका धार्मिक सङ्घसंस्था, भक्तजन र पुजारी पनि लागिपरेका छन् ।

गुठी संस्थान ललितपुर शाखाले बन्दाबन्दी पहिले नै रथ निर्माणका लागि आवश्यक सामग्रीको जोहो गरिसकेको थियो । त्यही सामग्रीबाट अहिले सामाजिक दूरी कायम गरी यही असार १० बाट रथ निर्माणको काम थालिएको शाखाका प्रमुख राजन भुजुले बताए । उनले भने, “ललितपुर महानगरपालिका, ज्यापु समाज, रथ निर्माणसँग सम्बन्धित व्यक्ति, धार्मिक सङ्घसंस्था र मच्छिन्द्रनाथका पुजारीले पटकपटक आग्रह गरेपछि यस कामलाई अघि बढाएका हौँ ।”

रथ निर्माणमा संलग्न हुने व्यक्ति र समुदायको स्वास्थ्यमा ध्यान राखिएको उनले बताए । अहिले मिननाथको रथ निर्माणका लागि धमा बनाउने काम भइरहेको छ । उनले भने, “एकादशीको दिनबाट मीननाथको रथ निर्माण कार्य शुरु भइसकेको छ ।”

वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि सो दिन गर्न नसकिएकाले राम्रो दिन हेरेर रथारोहण गर्न लागिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । गत १० गते रथ बनाउन लागिएकामा दुई सातामा सकिएपछि यही असार २४ गते रथारोहण गर्ने तयारी गरिएको छ । साइत गइसकेकाले पनि विधिपूर्वक अर्को साइत हेर्नेभन्दा पनि राम्रो दिनमा गर्न लागिएको हो । जात्राका अवधिमा विधिपूर्वक मङ्गलबजारस्थित सोह्रखुट्टे पाटीमा बसेर साइत हेरिन्छ । यो पटक त्यसरी हेर्नु नपर्ने उहाँको भनाइ छ । जात्राका विधि पु¥याएर तथा भीड कम गरेर सम्पन्न गर्न सकिने उनले बताए । उनले भने, “यो समयमा भीड गर्न नहुने भएकाले रथ तान्न वा अरु विधिमा चाहिने मात्रै भएर गर्न सकिन्छ ।”

बन्दाबन्दी खुकुलो भएपछि जात्रा चलाउने योजना अघि बढाएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । जात्राको तयारीमा लाग्ने व्यक्तिको स्वास्थ्यलाई ख्याल गरिएको उनले बताए । उनले भने, “हामीले उहाँहरुलाई आवश्यक मास्क र स्यानिटाइजर प्रदान गरिरहेका छाँै, कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेका छौँ ।”

जीवनको सातदशक नाघेका कपिल बज्राचार्य मूल पुजारीका रुपमा रहनुभएको छ । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उनको मन दुखेको थियो । उनले २२÷२३ वर्षको उमेरदेखि नै मच्छिन्द्रनाथको पुजारीका रूपमा देवताको सेवा गर्दै आएको छन् । विगतमा पनि धेरै वर्षमा अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उनको अनुभव छ । अहिले महामारीका समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उनको भनाइ छ । विसं २०७२ मा भूकम्पका कारण घर भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उनले बताइ । उनले भने, “देवताको प्रभावले अहिले सङ्कट पनि हट्नेछ, देवताको जात्रा रोक्नु राम्रो हुँदैन । ”

चारदशक पहिलेदेखि सो काममा लागि परेका ८१ वर्षीय सिद्धिबहादुर महर्जनले रथ निर्माणको काम अघि बढेसँगै संस्कार र संस्कृति अघि बढ्ने भएकाले आफूलाई खुशी लागेको बताए ।उनले भने, “हामीले रथ निर्माणमा लागेका युवालाई राम्रोसँग काम गर्न प्रेरणा दिइरहेका छौँ ।”

रातो मच्छिन्द्रनाथको रथारोहण वैशाखमै हुन नसकेपछि अहिले देवतालाई तःबहालस्थित मच्छिन्द्रनाथ मन्दिर परिसरमा राखिएको छ । रातो मच्छिन्द्रनाथलाई रथारोहण गर्नुअघि दशकर्म सकिएको छ । तबहालमा रहँदा दशकर्म सकाएर वर्षेनी वैशाख शुक्ल प्रतिपदाका दिन बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गराइन्थ्यो । यस वर्ष कोभिड–१९ को सङ्क्रमण कम गर्न सरकारले जारी राखेको बन्दबन्दीले रथारोहण र रथयात्रा हुन सकेको थिएन ।

किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पर्ने नागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनलाई मनाउन सकिने र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्रसमेत मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएका थिए ।

सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरू बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद पर्यो ।

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ । जात्राका प्रभावले जस्तोसुकै कठिन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ । भक्तपुरका राजा र काठमाडौँका गुरुले मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याउन ठूलो मद्दत गरेकाले रथ यात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितका नाममा रथ तान्ने गर्दछन् ।

पहिले पहिले जात्रामा उपत्यकाका तीनै जिल्लावासीको संलग्नता हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो भने गाःबहालबाट सुन्धारासम्म काठमाडौँवासीको । निकै पहिलेदेखि नै भक्तपुरवासी र काठमाडौँवासीले रथ तान्न आउन छाडिसकेका छन् । सुन्धाराबाट लगनखेलसम्म पाटनवासीले तान्ने गरेका थिए । एकदशकयता रथ तान्ने काम ज्यापु समाज यलले गर्दै आएको छ । रथयात्रा पुल्चोकबाट शुरु भई गाःबहाल, मङ्गलबजार, थट्टीटोल, लगनखेल हुँदै जावलाखेल पुर्याइन्छ । जावलाखेल पुर्याएको चौथो दिन साइतअनुसार भोटो देखाउने जात्रा हुन्छ । राष्ट्रप्रमुख समक्ष भोटो देखाउने कार्य सम्पन्न भएपछि जात्रा पनि सकिएको मानिन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy