वासिङटन । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ ।
अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैै वासिङ्टन पोष्टले लेखेको छ ।
पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमा देखिएको यो अवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक सङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ ।
महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमा काम गर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
“मेरो शुक्रबार छुट्टि छ तर मलाई पैसाको आवश्यकताका कारण मैले काम गर्न चाहन्छु, न्यू जसीका डेनिज लेजीले भने । उनले भने, “मैले कामगर्ने एअर कन्डिसनसम्बन्धि व्यवसायिक संस्थाले मलाई मेरो साप्ताहिक पारिश्रमिकमा ७२० अमेरिकी डलरबाट घटाएर ५७६ अमेरिकी डलर बनाइएको छ ।” उनी महामारीका कारण अमेरिकामा पारिश्रमिक कटौतीको सामना गर्ने एक प्रतिनिधि पात्र हुन् ।
उनले भने, “वेतन कटौती अत्यधिक असामान्य बनेको छ । फर्महरूले सामान्यतया प्रशासनिक चुनौतीहरूको सामना गर्नेभन्दा पारिश्रमिक कटौतीलाई सहज समाधानका रूपमा लिएको पाइन्छ ।”
पत्रिकाका अनुसार केही व्यवसायले ५–५० प्रतिशत पारिश्रमिक कटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्ने चलाखीपूर्ण निर्णयहरू गरेका छन् ।
गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामा महामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
श्रम बजारका विज्ञ तथा स्मिट फ्युचर्सका आर्थिक अनुसन्धान प्रवन्धक मार्था गिम्बेलले भने, “हामीलाई रोजगार वृद्धिको मामिलामा तेस्लाको मानव संशाधनको प्रमुखले विश्वव्यापी सङ्कटको क्रममा देखिएकोे पारिश्रमिक कटौतीलाई ‘साझा बलिदान’ भनेर चित्रण गरे । दुबै साना र ठूला कम्पनीहरूले भुक्तानी काटिरहेका छन् ।
पोष्टसँगको सहकार्यमा तयार एक तथ्याङ्कमा साना व्यवसायको लगभग एक तिहाइले र कामदारको तलब वा घण्टा कम्तीमा १० प्रतिशतले कटौती गरिएको पाइएको तेस्लाका गुस्टोले बताए । थोरै गति देख्न लामो समय लाग्यो तर पछिल्लो अवस्थाले फेरि झस्काएको छ ।”
अध्ययन अनुसार कम्तीमा एक कामदारको पारिश्रमिक कटाउने व्यवसायहरू ९।५ प्रतिशत रहेका छन् भने २२ प्रतिशतले कामगर्ने समयलाई कटौती गरेका छन् ।
अमेरिकामा तलब घटाउने कम्पनीहरूको सूचीमा जनरल मोटर्स, बजफिड न्यूज, ओक्सिडेंटल पेट्रोलियम, एचसीए हेल्थकेयर, मास जनरल ब्रिघम, तेस्ला, सोथेबीलगायत रहेका छन् । “तलब कटौतीका कारण उच्च पारिश्रमिक भएका मजदुरहरुको लागि पुनर्भरण गर्न गाह्रो हुने देखिन्छ,” इन्डिड हाएरिङ ल्याबका अनुसन्धान निर्देशक निक बन्करले भने ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: