Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताएका छन् । मन्त्रालयमा आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उनले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताए ।

मन्त्री ढकालले अन्तर्राष्ट्रिय, राष्ट्रिय लक्ष्य, उद्देश्य र प्रतिबद्धतानुसार खोप सेवाको प्रभावकारी सञ्चालन र व्यवस्थापनमा नेपाल सरकार सदैव कटिबद्ध रहेको बताउँदै यो कार्यक्रबाट बालबालिकामा हुने सङ्क्रामक रोगहरु नियन्त्रण, सरसफाइ प्रवद्र्धन, बच्चाका लागि स्तनपान, बच्चालाई सुरक्षित र पोषिलो खाना खुवाउने, आवश्यक समयमा हातधुने, सबैले सफा चर्पिको प्रयोग गर्ने र बालबालिकालाई पूर्णखोप लगाउने जस्ता व्यवहारहरु परिवर्तन भई समग्र बालस्वास्थ्यमा समेत सुधार आउनेछ भने ।

उनले कतिपय सङ्क्रामक रोगहरु हामीले नियन्त्रण गरिसक्दा अझ पनि शिशु तथा बालबालिकामा झाडापखाला भइरहने र मृत्यसमेत हुने गरेकाले रोटा भाइरस विरुद्धको खोप सञ्चालन गर्न थालिएको बताए । उनले भने, “सरसफाइ प्रवद्र्धन कार्यक्रम हालको विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागिसमेत सान्दर्भिक छ ।’’

मन्त्री ढकालले नेपालमा अझ पनि एक प्रतिशत बालबालिका खोप शून्य अवस्था र करिब २१ प्रतिशत बालबालिका आंशिक खोप पाएको अवस्था रहेको उल्लेख गर्दै खोपसेवाको प्रभावकारी ब्यवस्थापन र सञ्चालन गरी सबै बालबालिकाले पूर्णखोप प्राप्त गरेको सुनिश्चित गर्न स्थानीय तहले विशेष पहल र प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

रोटा खोप झाडापखालाविरुद्ध दिइने खोप हो । वर्षेनी तीन लाख ५० हजार देखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये ९ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेका छन् । पहिलो पटक ६ हप्तामा र दोस्रो पटक १० हप्तामा बालबालिकालाई उक्त खोप खुवाइने गरिन्छ । खोपको मात्रा १.५ मिलिलिटर हुन्छ ।

सरकारले शिशु तथा बालबालिकाको स्वास्थ्य रक्षाका लागि नयाँ खोपको रुपमा राष्ट्रिय खोप कार्यक्रममा रोटा खोप समावेश गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy