बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको रु छ करोडमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको हो ।
“बागलुङ क्षेत्र नम्बर १ भित्रका चार पालिकामध्ये तीन पालिकामा झण्डै एक करोड रकम बचत हुन आएको छ”, सांसद पाठकले भने, “कोरोना रोकथाम, उपचार नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले तत्कालै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहमा रकम जम्मा भएको छ ।”
बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको स्थानीय तह पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहमा बचत भएको रकम बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको कोरोना कोषमा जम्मा गर्न जिल्ला समन्वय समिति बागलुङको निर्णयसहित कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा असार १५ गते नै पत्रचार गरिएको थियो । स्थानीय तहले कोरोना व्यवस्थापन गर्न नसकेको सन्दर्भ र सांसद विकास कोषमा खर्च हुन नपाएको रकमलाई कोरोना व्यवस्थापनमा लगाइँदा क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापन भएको हो ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सबै खर्च भए पनि बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोलामा गरी केही रकम बचत भएको हो । २०७७ असार २ गतेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ तेस्रो संशोधनअनुसार विनियोजन भएको रकम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका निर्देशक तथा सदस्यको परामर्शमा कोरोना नियन्त्रण खातामा जम्मा गर्न सकिने व्यवस्थाअनुसार गत असार १५ गतेको निर्णयअनुसार बागलुङ नगरपालिकाको कोरोना कोषमा बचत हुन आएको रु ३१ लाख ११ हजार १२३, बरेङ गाउँपालिकाको कोरोना कोषमा रु ३१ लाख ८३ हजार १२३ र काठेखोला गाउँपालिकाको कोरोना कोषमा रु १६ लाख ४६ हजार १९ रकम जम्मा गर्न जिल्ला समन्वय समितिको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्थानीय तहलाई प्रदान गर्न पत्र पठाइएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी राजुप्रसाद न्यौपानेले जानकारी दिए ।
स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत यस क्षेत्रमा विनयोजन भएको रु छ करोडमध्ये बागलुङ नगरपालिका, काठेखोला र बरेङमा गरी जम्मा ७९ लाख ४० हजार ३६५ रकम बचत भएको हो । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेटबाट खर्च हुन नसकेको रकम स्थानीय तहको कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा प्राप्त हुँदा स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा सहज पुग्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।
“कल्पना बाहिरको भाइरसको प्रकोपका कारण स्थानीय तहलाई चालु आर्थिक वर्षमा समस्या नै छ”, प्रमुख पौडेलले भने, “कोरोना कोषमा सांसद विकास कोषको रकमले राहत मिल्ने भो ।” बागलुङ नगरपालिकाले आगामी वर्षका लागि विनियोजन गरेको रु ९४ लाख बजेटमध्ये कोरोना भाइरस, नियन्त्रण, रोकथाम, औषधि, स्वास्थ्य सामग्री तथा गुमेको रोजगारी सिर्जना गर्नका लागि झण्डै रु १० करोड रकम विनियोजन गरेको पौडेलले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: