Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गएराति बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

पटना । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो ।

चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।

बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान सो कुराको जानकारी दिएको हो । हिजोदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र शुक्रबार बिहानसम्म यो संख्या २२ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।

भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र पनि चट्याङका कारण करिब १०० जनाको ज्यान गएको थियो । प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म नै भारी वर्षा भइरहेको छ र यसै क्रममा चट्याङ परेको थियो ।

सबैभन्दा धेरै बिहारको पूर्वी पट्ना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending