नारायणपुर । घोराही–तुलसीपुर सडकखण्डमा निर्माणाधीन पुल छ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । विसं २०७१ मा निर्माण सम्झौता भएर दुई वर्षमा सम्पन्न हुने गरी काम शुरु भएको सो पुल छ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा आवतजावतमा समस्या देखिएको छ । यस अवधिमा दुई पिल्लर मात्र निर्माण भएका छन् ।
पुल निर्माणको ठेक्का लगाउने मध्यपश्चिम डिभिजन सडक कार्यालयमा चार प्रमुख फेरिइसकेका छन् तर पुल निर्माणले गति लिन सकेको छैन । रु चार करोड ३५ लाख लागतमा बन्ने सो पुल विसं २०७३ असोजमा सक्ने लक्ष्य लिइएको थियो । शङ्कर माली निर्माण सेवाले सो पुल निर्माणको जिम्मा लिएको थियो । कम्पनीका स्थानीय प्रतिनिधिका रुपमा निर्माण व्यवसायी पद्मप्रसाद शर्माले पुल निर्माणको जिम्मा लिएका थिए । पिल्लार निर्माणसँगै ढलान गर्ने अन्तिम तयारी भइरहेका समयमा सरकारले पुलको सुपर स्ट्रक्चर नमिलेको जनाउँदै ढलानको काम रोकेको शर्माले जिकिर गरे ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख नीरज शाक्यले पुल निर्माणमा विशेष चासो लिइएको बताएका छन् । “पुलको सुपरस्ट्रक्चर डिजाइन फाइनल गर्न काठमाडौँ आएको छु, सम्भवतः वर्षा सकिनेबित्तिकै पुल निर्माणको काम शुरु हुनेछ”, शाक्यले बताए । कम्पनीले दिएको डिजाइनलाई केही परिमार्जन गरी चाँडै डिजाइन स्वीकृत गराएर आफू दाङ आउने जनाउँदै उनले अर्को वर्षा अगाडि पत्रेखोलामा पुल निर्माण सम्पन्न भइसक्ने बताए । आधा काम गरिसकेको कम्पनीलाई ठेक्का तोडेर अर्कोलाई दिँदा विभिन्न कानूनी समस्या आउने तथा काममा ढिलाइ हुने भएकाले पुरानै निर्माण कम्पनीसँगको ठेक्का यथावत् राखिने शाक्यको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: