काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताए ।
सिंहदरबारमा आज पर्यटन क्षेत्रका नौ अगुवा सङ्गठनको सुझावसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले व्यवसायी एवं सरोकारवालासँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने पूर्वतयारी भइरहेको जानकारी दिए ।
कोभिड–१९ सङ्क्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने सङ्केत गर्दै उनले नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गरे ।
मन्त्री भट्टराईले प्रोटोकलसहितको प्रस्ताव लिएर आउन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई निर्देशन दिँदै उक्त प्रस्तावलाई सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने वचन दिए । पर्यटन व्यवसायीले कोभिडका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै बन्दाबन्दी खुलाउन मन्त्री भट्टराईसँग माग गरेका छन् ।
मागपत्रमा व्यसायीहरुले चार्टर्ड उडानको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालिकाअनुसार सञ्चालन गर्न अनुरोध गरेका छन् ।
त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन सञ्चालनका लागि अनुमति दिन र हिमाल सफाइको कार्य सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्य तत्काल शुरु गर्न मागसमेत गरिएको छ ।
ट्रेकिङ्ग एजेन्सीज एसोसिएशन अफ नेपाल, नेपाल पर्वतारोहण सङ्घ, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स ऐजेन्ट (नाट्टा), सोसाइटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एसोसिशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर अपरेटर्स, नेपाल एसोसिएसन अफ राफिटङ ऐजेन्सी, टुरिस्ट बस एसोसिशन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले अध्यक्षले सामूहिक रुपमा पर्यटनमन्त्री समक्ष माग तथा सुझाव दिएका हुन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: