Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

डब्लुएचओ भन्छ - कोरोनाभाइरस हावाबाट सर्ने कुरा नकार्न सकिन्न, यदि पुष्टि भए के हुन्छ ?

एजेन्सी । एरोसोल भनिने हावामा रहने साना कणमार्फत् कोरोनाभाइरस फैलन सक्ने प्रमाण जुट्दै गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले मङ्गलवार स्वीकारेको छ।

यसअघि वैज्ञानिकहरूको एक समूहले डब्लुएचओलाई कोरोनाभाइरस सङ्क्रमण रोकथामसम्बन्धी विद्यमान निर्देशिकामा सुधार गर्न अपिल गरेका थिए।

डब्लुएचओकी वरिष्ठ अधिकारी बेनेडेटा आलेग्रान्जीले भिड भएको स्थल, बन्द कोठा वा हावा ओहोरदोहोर गर्ने अवस्था नभएका ठाउँमा हावाबाट सङ्क्रमण सर्दैन भन्न नसकिने बताएकी छन्।

\'तर यसको पक्का प्रमाण जुटाउन र बुझ्न अझै जरुरी छ। यो काम हामी जारी राख्छौँ,\' उनले बताइन्।

सोमवार २३९ वैज्ञानिकले डब्लुएचओलाई हावाबाट सङ्क्रमण सर्न सक्ने खतरालाई कम आँकेको भन्दै एक खुलापत्र लेखेका थिए।

पुष्टि भए के हुन्छ ?
यदि यो चेतावनी पुष्टि भएको खण्डमा कोरोनाभाइरस सङ्क्रमण रोकथाम बारेका निर्देशिका परिवर्तन गर्नुपर्ने हुन्छ।

त्यसमा मास्कको प्रयोग व्यापक गर्नुपर्ने तथा सार्वजनिक यातायात एवम् बारजस्ता भिड हुने स्थानमा सामाजिक दूरीको कडिकडाउ पालना गर्नुपर्ने हुन्छ।

योभन्दा अघिसम्म विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमित मानिसको नाक तथा मुखबाट निस्कने छिटाका माध्यमबाट फैलने बताएको थियो।

उसले मानिसहरूबीच कम्तीमा ३.३ फिटको दूरी भएमा भाइरस सङ्क्रमणको रोकथाम सम्भव हुने बताएको थियो।

तर यदि हावाका साना कणमार्फत् पनि सङ्क्रमण फैलने पुष्टि भएमा यो दूरीको नियममा पनि परिवर्तन गर्नुपर्ने हुन्छ।

डब्लुएचओकी डा। मारिया केरखोबले आगामी दिनमा उसले नयाँ सन्देश जारी गर्ने बताइन्।

उनले भनिन्, \'कोरोनाभाइरसको सङ्क्रमण रोक्नका निम्ति ठूलो स्तरमा रोकथामको आवश्यकता छ। यसमा भौतिक दूरीका साथै मास्कको प्रयोग तथा अन्य नियम पनि छन्।\'

सोमवार एक जर्नलमा प्रकाशित एक खुलापत्रमा ३२ देशका २३९ जना वैज्ञानिकले यो भाइरस \'हावामा तैरन सक्ने\' र सास लिँदा मानिसमा सर्नसक्ने उल्लेख गर्दै प्रमाण दिएका थिए।

उनीहरूले कोरोनाभाइरसको यो ताजा प्रमाणबारे पुनस् विचार गरेर निर्देशिकाहरू जारी गरिनुपर्ने उल्लेख गरेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending