म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो । सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले आज बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् ।
बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वमंसेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन् । मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली शुक्रबार दिउँसो पुगेको थियो । प्रहरीसहित उद्धारका लागि कल्लेनी हुँदै मराङ जान हिँडेका धारापानीका किरन थापाले गोरेटो र घोरेटो बाटो नभएकाले सम्बन्धित ठाउँमा पुग्न नसकेको बताउनुभयो । मराङका वडाध्यक्ष राजाराम सुवेदीले जनप्रतिनिधि, स्थानीयवासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताउनुभयो ।
चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पु¥याउने तयारी भएको बताउनुभयो । शुक्रबार दुई पटक गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो ।
दरवाङ पुगेको सुरक्षाकर्मीको टोली स्थलमार्ग र अर्थुङे ब्यारेकबाट आज बिहान हेलिबाट सुरक्षाकर्मी पठाउन लागिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोली पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।
गए राति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयवासीले बताएका छन् । पहिरोमा पुरिएर मराङको कल्लेनीमा तीन, राम्चेमा १०, रिखमा सात, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका थिए । कल्लेनीका १८ वर्षीय प्रकाश केसी र ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको स्थानीयले जानकारी गराएका वडाध्यक्ष सुवेदीले बताए ।
बिमको तल्लोगाउँका पाँच, दुलेका दुई र नौरुका एक जनाको खोजी भइरहेको छ । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा बेपत्ता भएकी रोकाको खोजी जारी छ ।
पहिरो र बाढीले धौलागिरि र मालिका गाउँपालिका जोड्ने दाङखोलाको अस्थायी मोटरेबल पुल, बेनी–जोमसोम सडकको राहुघाट बेलिब्रिज, बिमको शिवरात्रिस्थित ट्रस पुल बगाएको छ । ताकम स्वास्थ्यचौकीको पुरानो भवन, मङ्गलाघाट प्रहरी बिटको भवन, नौमानेको शिव आधारभूत र ताकम माविको भवन भत्किएको छ । रघुगङ्गा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ । यसैगरी सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सबै सडक र पश्चिमी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: