Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

क्यान्सर पीडित महिलालाई उपचारका लागि १ लाख आर्थिक सहयोग प्रदान

गोरखा । गोरखामा फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडित महिलालाई उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गरिएको छ । गोरखा नगरपालिका–५ नयाँबजारमा कोठा गरी बस्दै आएकी क्यान्सर पीडित उसलबानी खातुनलाई दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम जुटाएर आज हस्तारन्तण गरेको अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए ।

“पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नु भएकी खातुनलाई उपचारमा सहयोग गर्न हामीले दारी ग्याङ गोरखामार्फत आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका थियौँ”, अध्यक्ष राजेन्द्र न्यौपानेले भने । फेसबुकबाट सञ्चालन गरिएको अभियानबाट जम्मा भएको रु एक लाख ८५९ आज उनलाई हस्तारन्तरण गरिएको छ ।”

अभियानमा स्वदेश तथा विदेशमा रहेको नेपालीबाट सहयोग जुटेको उनले जानकारी दिए । “पैसा नभएर नै उनी उपचार गर्न अस्पतालसम्म जान नसकेका रहेछन्, अस्पताल जानका लागि खर्च अभावमा छटपटी रहेको भन्ने सुन्यौँ”, अध्यक्ष न्यौपानेले भने , “उहाँलाई मृत्युबाट जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेका हाँै ।”

बारा जिल्ला घर भएका खातुन विगत केही वर्षदेखि गोरखा सदरमुकामको नयाँबजार क्षेत्रमा सामान्य व्यापार गरेर जीविकोपार्जन गर्दै आएका थिए । पित्तथैलीमा क्यान्सर भएकी पीडित खातनु परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । अभियान क्रममा जापानमा बस्ने गोरखालीहरुबाट मात्र रु ५० हजार ६५० सङ्कलन भएको अध्यक्ष न्यौपाने जानकारी दिए ।

त्यस्तै कतार तथा दुबईमा रहेका नेपालीहरुले अभियानमा सहयोग गरेको उनको भनाइ छ । खातुनको उपचारका लागि जिल्लाभित्रका स्थानीयवासी र विभिन्न सङ्घसंस्थालगायतबाट अहिलेसम्म रु तीन लाख १३ हजार ६८० सङ्कलन भइसकेको स्थानीय अभियन्ता कल्पना श्रेष्ठले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy