काठमाडौं । मुलुकमा साढे छ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा केही कमी आउनाका साथै कोरोना मुक्त भएर घर फर्कनेको सङ्ख्या बढेको भए पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टर कूल छ हजार ६९५ सक्रिय सङ्क्रमित उपचारत छन् । अहिले सबैभन्दा कम प्रदेश नं १ मा १७१ र बढी सुदूरपश्चिम प्रदेशमा दुई हजार ५२३ सक्रिय सङ्क्रमित उपचाररत छन् ।
यसैगरी प्रदेश नं २ मा एक हजार ९०७, प्रदेश नं ५ मा ७४६, गण्डकी प्रदेशमा ५०२, वाग्मती प्रदेशमा ४५६ र कर्णाली प्रदेशमा ३७२ सङ्क्रमित आइसोलेशनमा रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । महोत्तरी, रौतहट, कैलाली र बाजुरामा अझै पनि ५०० भन्दा बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला कोरोना मुक्त भएका छन् ।
आजसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । अहिलेसम्म कूल सङ्क्रमितको ६०।५३ प्रतिशत कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन् । कोरोनालाई परास्त गरेर घर फर्कनको सङ्ख्या १० हजार ३२८ रहेको छ ।
हालसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या शून्य छ । वागमती प्रदेशमा नौ, सुदूरपश्चिम प्रदेशमा छ, गण्डकी प्रदेशमा पाँच तथा प्रदेश नं २ र कर्णाली प्रदेशमा चार÷चार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
साढे २४ हजार क्वारेन्टिनमा
अहिले पनि २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ हजार २१९ र सबैभन्दा कम कर्णाली प्रदेशमा एक हजार ८२१ जना क्वारेन्टिनमा रहेको प्रवक्ता प्राडा गौतमले जानकारी दिनुभयो । प्रदेश नं १ मा तीन हजार १४३, प्रदेश नं २ मा तीन हजार १०६, वाग्मती प्रदेशमा एक हजार ९८८, गण्डकी प्रदेशमा तीन हजार ९१३ र प्रदेश नं ५ मा चार हजार ५२६ क्वारेन्टिनमा बसिरहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: