एजेन्सी । भारतका विदेशमन्त्री एस जयशङ्करले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन्।
विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाएपछि उनले प्रतिक्रिया व्यक्त गरेका हुन्।
एउटा भिडिओमा गान्धीले संसारका विभिन्न देशहरूसँग भारतको सम्बन्धबारे समीक्षा गरेका छन्।
ट्विटरमार्फत् सार्वजनिक गरिएको उक्त भिडिओमा गान्धीले छिमकीसँगको सम्बन्धबारे चर्चा गर्दै भनेका छन्,\'यसअघि नेपाल हाम्रो मित्र थियो।\'
त्यसपछि उनले पकिस्तानबाहेक भुटान, श्रीलङ्का लगायतका छिमेकीसँग मित्रवत् सम्बन्ध र साझेदारी रहेको बताएका छन्।
त्यसबारे थप चर्चा गर्दै सुरुमा उनले नेपालको प्रसङ्ग उठाउँदै भनेका छन्, \'अहिले नेपाल हामीसँग रिसाएको छ। तपाईँ नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस्, जे भएको छ त्यसलाई लिएर उनीहरू क्रुद्ध छन्।\'
त्यो ट्वीटको विदेशमन्त्री एस जयशङ्करले ट्वीटमार्फत् उत्तर दिँदै १७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेको उल्लेख गरे।
उनले भनेका छन्, \'बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस्।\'
नेता गान्धीले विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन्।
विदेशमन्त्री जयशङ्कर नेपालले संविधान जारी गर्ने बेला विदेशसचिव थिए। काठमाडौं आएर उनले नेताहरूलाई \'असन्तुष्ट पक्षका माग नसमेटिएको\' भन्दै संविधानमा जारी गर्ने तालिका पछि सार्न आग्रह गरेको नेपाली नेताहरूले बताएका थिए।
जारी गर्न लागिएको संविधान विभेदकारी रहेको भन्दै त्यसबेला तराईमा ठूलो आन्दोलन भइरहेको थियो। तर नेपालले संविधान जारी गरेपछि भारतले सीमानाकाबाट सामान रोकिदिएपछि दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बन्न पुगेको थियो।
नेपालमा त्यसलाई भारतले लगाएको नाकाबन्दीका रूपमा लिइएको थियो। तर भारतले पहिला त्यसलाई अस्वीकार गरेको भए पछि तात्कालिक विदेशमन्त्री सुषमा स्वराजले नाकाबन्दी लगाइएको स्वीकार गरेकी थिइन्।
नाकाबन्दीबारे भारतीय संसद्मा विपक्षी दलका सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि उनले भनेकी थिइन्, \'यस्तो पहिलो पटक भएको होइन। मलाई भन्न विवश बनाइयो पहिला पनि सन् १९८९ मा १६ महिनासम्म नाकाबन्दी लगाइएको थियो, राजीव गान्धीको पालामा यस्तो भएको थियो।\'
यति बेला फेरि दुई देशबीच सीमा विवाद तथा विषयका कारण नेपाल-भारत सम्बन्ध कटुतापूर्ण देखिएका बेला त्यहाँका विपक्षी नेता र विदेशमन्त्रीबीच वाद-प्रतिवाद भएको हो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: