Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

रिपोर्ट अनुसार लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

लन्डन । भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ ।

रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुनकोे अन्तिम हप्ता (जून २२ देखि २८सम्म) को तुलनामा नौ लाख ९० हजारले बढी हो ।

उल्लेखनीय कुरा के हो भने त्यहाँ सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायिक कर्मचारीको विज्ञापनमा महत्वपूर्ण वृद्धि रहेको छ । जुनको अन्तिम हप्ताको तुलनामा जुलाईको ६–१२ सम्ममा वेब डिजाइनर र डेभलपरहरूको पदस्थापन १५.५ प्रतिशतले बढेको उल्लेख छ ।

यसमा प्रोग्रामर र सफ्टवेयर विकासकर्ताहरूको रोजगारीमा जोडिने दरमा ६.६ प्रतिशतले वृद्धि भएको छ ।

सूचना प्रबिधितर्फ डिजाइनर र डेभलपरहरूको पदस्थापन दरमा आएको उछालले लकडाउनको क्रममा ‘डिजिटल व्यवसाय’ तर्फको रोजगारीमा सामान्य वृद्धि भएको प्रतिबिम्बित हुने आरईसीले जनाएको छ ।

यसका साथै सर्वेक्षणमा ग्राफिक डिजाइनर्स लगायतका अन्य रोजगारीमा ११.३ प्रतिशत, विक्री व्यवस्थापकमा ९.९ प्रतिशत सिकर्मी तथा शिपबिहीन क्षेत्रमा ८.५ प्रतिशतले वृद्धि भएको सर्भेक्षणले देखाएको छ ।

आरइसी प्रमुख कार्यकारी नील कारबेरीले भने, “लकडाउनलाई खुकुलो बनाएसँगै व्यवसायिक क्षेत्रमा आर्थिक सुधारको आत्मविश्वास बिस्तारै बढ्दै गइरहेको छ । कारबेरीले भपे, “सुधारका सङ्केत देखिएको भएपनि हामी समस्याबाट बाहिर आइसकेका छैनौं । अर्थव्यवस्था केही समयको लागि सामान्य स्तरमा फर्कने छैन ।”

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) द्वारा बिहीबार जारी तथ्याङ्क अनुसार देशको कम्पनी भूक्तानीलाई हेर्दा कामदार सङ्ख्या मार्च र जुनबीचमा छ लाख ४९ हजारले कमी देखिएको छ ।

“आगामी २/३ महिना अस्थायी विदा योजना र सरकार समर्थिन व्यापक कार्यक्रमको वास्तविक असर बुझ्न गाह्रो हुने छ,” ब्रिटिश श्रम बजार विश्लेषक कम्पनी एम्सीका श्रमशक्तिविद् तथा निर्देशक म्याथ्यू मीले बताए ।

सरकारको योजना अन्तर्गत, कर्मचारीहरुलाई राख्न र व्यवसायहरुलाई सहयोग पु¥याउन दिइएको अस्थायी विदा योजना यस बर्ष अक्टोबरको अन्त्यमा समाप्त हुनेछ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy