काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग र स्थलमार्गबाट आउनेको पिसिआर परीक्षण गर्ने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार विदेशबाट आउने पाँच दिन होल्डिङ सेन्टरबाट बसेपछि र स्थलमार्गबाट आउनेको सोही ठाउँको क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गरिनेछ । अहिले २७ प्रयोगशालाबाट तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गरिएको छ । पिसिआर परीक्षण गरेपछि मात्र विदेशबाट आउने व्यक्तिलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइनेभएको छ ।
यसैगरी सिंहदरबारभित्र सरसफाइको काम गर्ने कर्मचारीको पिसिआर परीक्षण गर्ने भएको छ । उनीहरुको चाँडै नै परीक्षणका लागि नमूना सङ्कलन गरिनेछ । बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी र चिकित्सकको सल्लाहबमोजिम सबैको परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। मन्त्रालयले समुदायस्तरमा सङ्क्रमण छ वा छैन भनेर ४५ हजारको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको समेत उहाँले जानकारी दिए ।
उहाँले अहिले सङ्क्रमितको सङ्ख्यासँगै प्रतिशत पनि घटिरहे पनि जोखिम भने कायमै रहेको बताए। “केही दिनदेखि परीक्षण गर्दा सङ्क्रमित धेरै देखिएका छैनन् । सङ्क्रमित सङ्ख्यासँग प्रतिशत पनि निकै कम हुँदै गएको छ तर पनि जोखिम भने रहेको छैन भन्न मिल्दैन”, उनले भने, “छिमेकी देशमा सङ्क्रमित बढ्दै जानु, धेरै जनघनत्व भएको ठाउँमा भीडभाड बढ्दै जानु, जनस्वास्थ्यको न्यूनतम मापदण्ड उल्लङ्घन भइरहेकाले हामी अझ उच्च जोखिममा छौँ ।” नेपालमा अहिलेसम्म १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ भने ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: