पोखरा । आवश्यकताअनुसार कृषकलाई उन्नत जातका बिरुवा प्रदान गर्ने लक्ष्यका साथ डिभिजन वन कार्यालयले पोखरा महानगरपालिका–१६ मा डिभिजन वन कार्यालयद्वारा सञ्चालित महेन्द्र गुफा नर्सरी परिसरमा ‘हाइटेक’ निर्माण गरिएको छ ।
हाइटेक नर्सरी मर्मत तथा स्तरोन्नति कार्यक्रमअन्तर्गतको रु दुई लाख ४० हजारको लागतमा ९ देखि १२ मिटरको तापानुकूलित हाइटेक निर्माण गरिएको हो । नवनिर्मित हाइटेकभित्र आवश्यकताअनुसारका विभिन्न जातका बीउ उमार्ने र उम्रेका बिरुवा नर्सरीमा हुर्काएर उपभोक्तालाई निःशुल्क वितरण गरिने डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठले जानकारी दिए ।
हाइटेकभित्र बीउ जमाउँदा पुतलीलगायत विभिन्न जातका कीटाणुको प्रकोप कम हुनुको साथै असिनाले समेत कुनै नोक्सान गर्दैन । यसले आगामी वर्षमा आवश्यकताअनुसार विभिन्न उन्नत जातका गुणस्तरीय बिरुवा उत्पादनमा सहयोग पुग्ने उनले बताए । नर्सरीमा उत्पादित बिरुवा यस वर्ष असार १५ गतेदेखि कृषकलाई निःशुल्क वितरण गरिएको जानकारी दिए । उनका अनुसार यस वर्र्ष सबैभन्दा बढी डाले घाँसका बिरुवाको माग भएको थियो ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बजारबाट गाउँ फर्केका प्रत्येक व्यक्तिले बाँझो जग्गामा उन्नत जातका डाले घाँसका बिरुवा रोप्नेको सङ्ख्यामा वृद्धि भएपछि बिरुवाको माग बढेको हो । असारको दोस्रो सातादेखि नर्सरीमा बिरुवा लिन आउने सर्वसाधारणको भीड नै लागेको थियो । यस वर्र्ष नियमित पानी परेको कारण बिरुवा रोप्नका लागि पनि उपयुक्त मौसम भएको छ ।
नर्सरीमा चाँप, चिउरी, अमला, अशोका, बडहर, इपिलइपिल, निमारो, कपुर, लप्सी, कफी, तेजपात, टिमुर, धुपी, नारेश्वर, बैस, गुल्मोहोर, खयरलगायत विभिन्न जातका ६० हजार बिरुवा उत्पादन गरिएको सहायक जिल्ला वन अधिकृत गोविन्द थापाले बताए । वन मन्त्रालयद्वारा प्रतिबिरुवा उत्पादनका लागि रु १० उपलब्ध गराउँदै आएको बताउँदै उनले यस वर्र्ष बिरुवा उत्पादनमा रु छ लाखभन्दा बढी लगानी भएको जानकारी दिए ।
डिभिजन वन कार्यालयले प्रत्येक वर्र्ष बिरुवा उत्पादन गरेर सामुदायिक वन तथा निजी वनका उपभोक्तालाई निःशुल्करुपमा वितरण गरे पनि रोपिएका बिरुवाको उचित संरक्षण हुन नसक्दा हरियाली प्रवद्र्धनमा सोचेजस्तो उपलब्धि हुन सकेको छैन । सानो बिरुवा रोप्नुभन्दा हुर्काएर रुख रोप्ने अभियान सञ्चालन गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको धारणा छ । “प्रत्येक वर्र्ष लाखौँ बिरुवा रोपिन्छ”, तर संरक्षणको अभावमा कमै हुर्कने गरेका छन्”, उनले भने, “नर्सरीमा हुर्केका बोट लगाउने हो भने लक्ष्यअनुसारको उत्पादन लिन सकिनेछ ।”
यतिबेला वृक्षरोपण गर्ने उपयुक्त समय हो । सामुदायिक वन क्षेत्रमा रहेका खाली स्थान एवं शहरी क्षेत्रका सडक पेटी तथा प्रत्येक घरमा वृक्षरोपण अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिँदै वृक्षरोपण गर्दा बजारको आवश्यकता र भौगोलिक अवस्थालाई समेत ध्यान दिनु अपरिहार्य रहेको उनको भनाइ छ ।
विशेष दिन, राष्ट्रिय व्यक्तित्वको स्मृति दिवसमा तीनै तहका सरकार एवं सङ्घ संस्थाद्वारा गरिने वृक्षरोपणमा समेत डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दै आएको छ । वृक्षरोपण गर्नु वातावरणीय हिसाबले आफैँमा महत्वपूर्ण भए पनि रोपिएका बिरुवाको संरक्षण एवं अहिलेसम्म रोपिएका बिरुवाको अवस्था एवं प्राप्त उपलब्धिको तथ्याङ्क सङकलन गरिनुपर्ने बेलासमेत आएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: