Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

कोरोना सङ्क्रमणको जोखिम कायमै : अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढ्काले सतर्कता अपनाउन आग्रह गरे । “सङ्क्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक काम नभइकन अझै पनि कोही पनि बाहिर हुदैन”, उनले भने, “निस्कन परे कोभिड–१९ का लागि तयार पारिएका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र निस्कनुपर्दछ ।”

उनले घर बाहिर निस्कदा मास्क, स्यानिटाइजर र सामजिक दूरी कामय राख्नुपर्ने बताए । सरकारले कोभिड–१९ को कारणले गरेको बन्दाबन्दी यही साउन ७ गतेदेखि अन्त्य गरेको हो । बन्दाबन्दीको अन्त्यसँगै उपत्यकामा सवारी साधन सञ्चालन हुन थालेर मानिसको भीडभाड हुन थालेको छ ।

यसैगरी बाहिर निस्कँदा हातले केही वस्तु छोए पनि स्यानीटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्नेपरे स्वास्थ्यमा न्यूनतम मापदण्ड अपनाउन समेत विज्ञले सुझाव दिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा।अधिकारीले भारतसँग सिमाना जोडिएका क्षेत्रमा सङ्क्रमित बढ्नु, भारतबाट अझै मानिसहरु नेपाल भित्रने जस्ता गतिविधि भइरहेकाले जोखिममा नै रहेको देखाउने बताए ।

“बन्दाबन्दी खुल्यो अब त सङ्क्रमण हुँदैन भनेर ढुक्क हुनुहुँदैन, साथीभाईलाई पनि सङ्क्रमण हुनसक्दछ, त्यसैले सँधै टाढा रहने गर्नुपर्दछ”, मन्त्रालयका प्रवक्ता डा।अधिकारीले भने, “बाहिरबाट आएका मानिसलाई निको भयो आफूलाई पनि सङ्क्रमण लागेर निको भइहाल्छ भनेर पनि ढुक्क हुनुहुदैन, आफूलाई सङ्क्रमण लागे घरपरिवारका वृद्ध, बालबालिकालाई सङ्क्रमण लाग्न सक्दछ ।”

मन्त्रालयले कोभिड–१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड–२०७७ मा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने, घर बाहिर जाँदा मास्कको प्रयोग र सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानीटाइजरको अनिवार्य व्यवस्था मिलाउनुपर्ने र भवन प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धोको वा स्यानीटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने जस्ता सावधानी अपनाउने कुरा उल्लेख छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा सागरराज भण्डारीले उपत्यकामा भीडभाड बढेकाले सङ्क्रमणको जोखिम रहेको बताए । उनले उपत्यकामा विदेशबाट आउने र बन्दाबन्दीमा बाहिर गएका मानिस पनि भित्र्ने क्रम बढेकोले सङ्क्रमण बढ्ने खतरा रहेको औँल्याए ।

केही दिनअघि मात्र उपत्यकामा समुदायस्तरमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन भनेर अग्रपङ्क्तिमा काम गर्ने बैंक, सरकारी कार्यालयका कर्मचारी गरी करिब पाँच हजार ५०० मा गर्ने परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा।राजभण्डारी आफू बच्न र अरुलाई बचाउन पनि भीडभाड, जमघट भएको स्थानमा जान नहुने बताउँछन् । उनका अनुसार बाहिर निस्केका मानिसका घरपरिवारमा वृद्ध, दीर्घ रोगी, गर्भवती महिला, बालबालिका पनि रहने हुनाले उनीहरुमा सङ्क्रमणको बढी जोखिम हुने गर्दछ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा एक पङ्क्तिको सिटमा एक जना क्रस गरेर बस्ने व्यवस्था मिलाएर, स्यानिटाइजरको व्यवस्था गर्ने र सबैले मास्कको प्रयोग गर्नुपर्ने छ । नेपालमा १८ हजार २४१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ४३ जनाको निधन भएको छ भने १२ हजार ८४० जना निको भई घर फर्किएका छन् । विश्वमा एक करोड ४० लाख ४३ हजार १७६ जनामा सङ्क्रमण देखिएको छ भने पाँच लाख ९७ हजार ५८३ जनाको मृत्यु भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy