Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पश्चिम बागलुङमा यसै वर्ष बिजुली बल्ने

बलेवा । सदरमुकामपछिको दोस्रो ठूलो बजार ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना पनि असफल भयो । चालु वर्ष भने यस बजारमा बिजुली बाल्ने तयारी छ ।

सदरमुकामदेखि लामो दूरीमा विद्युत् चुहावट बढी हुने भएपछि गत वर्ष हरिचौरमा बनाइएको सब स्टेशनबाट विद्युत् विस्तार गर्ने योजनाअनुसार विद्युत्का खम्बा गाड्ने र तार तान्ने काम भइरहेको थियो । बडिगाडको तुरतुरे पहिरोसहितका अन्य अवरोधले खम्बा र तार पुर्याउनसमेत ढिलाइ भएको हो ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले चालू वर्ष विद्युत् पुर्याइने बताए । “अब बुर्तिवाङ बजारमा मिटर जडानको काम थालिन्छ, यस वर्ष नै सबै घरमा राष्ट्रिय प्रसारणको बिजुली बल्छ”, गोशलीले भने, “सामान्य बिजुली मात्रै बालेका उपभोक्ताले अब उद्योग स्थापना गरेर सञ्चालन गर्न सक्छन् ।” बूर्तिवाङ बजारमा लघु विद्युतबाट उत्पादित बिजुलीले उज्यालो बनाउने काम मात्रै भएको छ ।

ठूलो लगानीका उद्योग खोल्न चाहेकाहरु पनि विद्युत् अभावमा अलपत्रै छाड्न बाध्य थिए । बूर्तिवाङसम्म हरिचौरबाट गएको सब स्टेशनले पनि लामो खण्ड पर्ने भन्दै प्राधिकरणले वडा नं– १ नजिकै सब स्टेशन बनाउने तयारी गरेको थियो । हिउँदमा उक्त स्थानसम्म सामान लैजानका लागि जथाभावी डोजर लगाएपछि अहिले झण्डै १५० मिटर माथिदेखि पहिरो खसेको छ । पहिराले मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध भइरहेको छ । नजिकैका केही घरका मानिस वर्षात् भयो भने बस्नै नसक्ने अवस्थामा पुगेका छन् ।

उक्त खण्डमा तत्काल मर्मत गरेर सडक र घर जोगाउनुपर्ने अवस्था भएको ढोरपाटनका नगरप्रमुख देवकुमार नेपालीले बताए । उक्त सबस्टेशन बनाउने काम बागलुङ वितरण केन्द्रमार्फत नभएकाले कहिले बन्छ भन्ने यकिन नभएको गोशलीले बताए । बरु केन्द्रको अगुवाइमा बडिगाड गाउँपालिका–२ को खरवाङ बजारमा सवस्टेशन बन्ने उनले बताए । उक्त सबस्टेशन भने एक वर्षभित्रै बनाएर उपयोगमा ल्याउने उनले योजना सुनाए ।

बागलुङको ताराखोला, तमानखोला, निसिखोला गाउँपालिकामा पनि अझै राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छैन । बडिगाडमा पनि तार टाँगिए पनि स्थानीय विद्युतकै भरमा चलेको छ । अब सबै पालिकाम राष्ट्रिय प्रसारणको बिजुली लगेर स्थानीयवासीलाई व्यवसाय, उद्योग र कलकारखाना चलाउन सक्ने वातावरण बनाइदिने उनले बताए । हाल उत्पादनमा रहेका साना लघुविद्युत् आयोजनालाई एकीकृत गरेर राष्ट्रिय प्रसारणमा जोड्ने अभियानमा पनि सघाउने उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy