दाङ । दाङमा माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा रु एक करोड बढी लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन एकाइ कार्यालय मौरीजोन घोराही तथा कृषकले सामग्री खरिदमा उक्त रकम लगानी गरेका हुन् ।
माहुरी जोन र कृषकको गरी गत आर्थिक वर्षमा रु एक करोड पाँच लाख ४० हजार ६९७ लगानी भएको छ । जसमा माहुरी जोनबाट अनुदान रु ४२ लाख १३ हजार २६९ र कृषकको रु ६३ लाख २७ हजार ४२८ लगानी भएको मौरी जोन एकाइ कार्यालयका प्रमुख कला बुढाले बताए । अनुदान तथा कृषकको लगानी थपिएसँगै माहुरी तथा माहुरीजन्य उत्पादन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
माहुरी जोन एकाइ कार्यालयले सनराइज बि किपिङ सेन्टर र राइजिङ बि एपियरीलाई गाडी खरिद गर्नका लागि रु १०÷१० लाख अनुदान दिएको छ भने कृषकले रु १३ लाख ३९ हजार लगानी गरेको बुढाले बताए । यस कार्यले माहुरीचरण तथा मौरीजन्य सामग्री बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मह सङ्कलन तथा प्रशोधन गरी महको मूल्य तथा गुणस्तर वृद्धि गर्ने उद्देश्यले विशाल मौरी फार्मलाई रु १७ लाख ६३ हजार २४१ अनुदान दिएको छ । गुणस्तरीय रानी उत्पादन गर्नका लागि तुलसीपुर उपमहानगरपालिका– ७ मुनामदन बी कन्सर्नलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ । जसमा कृषकले रु दुई लाख ६२ हजार ६०० स्व लगानी पनि गरेका छन् । गुणस्तरीय रानी उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिका– ४ मा बी एण्ड बी मौरी फार्मलाई रु दुई लाख ५० हजार अनुदान दिएको छ भने रु तीन लाख १० हजार १०० स्वलगानी गरिएको छ । मौरी आरक्षको निर्माण गरी प्रतिकूल मौसमबाट बचाइ गुणस्तरीय मह उत्पादन गर्न घोराही–१८ मा रहेको प्राकृतिक एपिकल्चर सेन्टरलाई रु दुई लाख अनुदान दिएको छ । जसमा कृषकले रु दुई लाख २४८ लगानी गरेकोे प्रमुख बुढाको भनाइ छ ।
कार्यालयले दाङ जिल्लामा चरन क्षेत्रको सिजन अफ भएका समयमा अन्य जिल्लामा माहुरी चरनमा जाँदा लाग्ने लागतमा समेत सहयोग गरेको छ । कार्यालयका अनुसार २९ जना कृषकले सहयोग पाएका छन् । यसका लागि रु पाँच लाख नौ हजार ७०० सहयोग गरेको उहाँको भनाइ छ । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा माहुरी जोेन कार्यक्रम लागू भएको छ । यसले कृषकलाई माहुरीपालन गर्दा आइपर्ने समस्या समाधान तथा प्राविधिक सहयोग, सामग्रीमा अनुदान तथा अन्य सहयोगसमेत गर्दै आएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: