Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

पर्यटन विकासमा प्रदेश सरकारले ध्यान दिएको छ – मन्त्री लम्साल

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पुर्याउन सक्नुपर्ने बताएका छन् । महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रमका उनले पर्यटनको विविधताको पहिचान र प्रवद्र्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याए । “पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको छ” उनले बताए, “कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको छ, अब छिट्टै पर्यटन व्यवसाय माथि उकासिन्छ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य कृृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताए । उनले विकासमा राजनीति गर्नु गलत भएको धारणा राखे । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए । प्रदेश सांसद प्रभा कोइरालाले प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव राखे ।

वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको समितिका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए । महेन्द्र गुफाभित्र हालै प्रदेश सरकारको सहयोगमा ४८ लाखको लागतमा बाल उद्यान उद्यान समेत निर्माण भएको छ । महेन्द्र गुफा र चमेरे गुफा कोरोनाका कारण गतचैतको पहिलो सातादेखि बन्द रहेको छ । चार महिनामा रु एक करोड ७४ लाख आम्दानी गुमाएको गुफा सचिवालयले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy