Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

दोस्रो विश्व ज्ञान सम्मेलन : कोरोना, विकास र समृद्धिबारे छलफल हुने

टेक्सस । नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ(एनआएनए)ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५)दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण वर्तमान अवस्थामा विश्वमा उत्पन्न जटिल परिस्थिति आगामी दिनमा कस्तो रहन्छ भन्ने पक्षलाई मध्यनजर गरी भौतिकरूपमा वा अनलाइनमार्फत सम्मेलन आयोजना गरिने सङ्घले जनाएको छ । परिस्थिति समान्य बनेको अवस्थामा अक्टोबरमा काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौँ विश्वविद्यालयमा सम्मेलन आयोजना गरिने सङ्घले जानकारी दिएको छ ।

सङ्घका उपाध्यक्ष डा बद्री केसीले हरेक दुई वर्षको फरकमा सङ्घले विश्व ज्ञान सम्मेलन आयोजना गर्ने निर्णय गरेअनुरुप दोस्रो ज्ञान सम्मेलनको आयोजना गर्न लागिएको र सम्भव भएसम्म भौतिक उपस्थितिसहित कार्यक्रम गरिने वा सम्भव नभए अनलाइनका माध्यमबाट अथवा केही अनलाइन र केही भौतिक सहभागितासहित कार्यक्रम सम्पन्न गरिने बताए ।

गैरआवासीय नेपालीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउन सङ्घले ज्ञान सम्मेलनमार्फत पुलको काम गर्दै आएको उपाध्यक्ष डा केसीले उल्लेख गरे । “केही वर्ष अघिसम्म गैरआवासीय नेपालीको आर्थिक लगानी मात्र नेपालमा भित्रिने गरेको देखिन्थ्यो”, उनले भने, “आर्थिक लगानीबाहेक गैरआवासीय नेपालीको बौद्विक लगानीलाई समेत नेपालको विकास र समृद्धिसँग जोड्न ज्ञान सम्मेलन आयोजना हुँदै आएको छ ।”

दुई वर्षअघि भएको पहिलो ज्ञान सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर नेपाल सरकार तथा सरकार सम्बद्ध निकायहरुलाई बुझाइएको उल्लेख गर्दै डा केसीले सम्मेलनमार्फत तय हुने निर्णयहरु नेपालको विकास र समृद्धिका लागि उपयोगी भएको ठहर सङ्घको रहेको बताए ।

यस पटकको सम्मेलनमा प्रस्तुत हुने विभिन्न विषयसँग सम्बन्धित कार्यपत्रहरुमा विश्वभरका विषय विज्ञसहित नेपालबाट समेत सम्बन्धित विषयका विज्ञलाई जोडिने उनको भनाइ थियो । यसबाट कार्यान्वयनमा समेत सघाउ पुग्ने विश्वास लिइएको छ ।

यस पटकको सम्मेलनमा कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात नेपालले अवलम्बन गर्नुपर्ने बाटोका सन्दर्भलाई लिएर विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा चार वटा शीर्षकमा पूरा सत्र र विभिन्न १५ शीर्षकमा गोष्ठी सत्रको आयोजना गरिने सम्मेलनका सह–संयोजक डा हरिप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार डा विश्व पौडेल र रञ्जित महतोको संयोजनमा ‘कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी’, डा द्रोण रसाइली र डा पुरु श्रेष्ठको संयोजनमो ‘प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टर रिस्क म्यानेजमेन्ट’, डा उत्तमबाबु श्रेष्ठ र डा सुरेशकुमार डङ्गोलको संयोजनमा ‘साइन्स टेक्नोलोजी एण्ड इनोभेसन पोलिसी इम्प्लिमेन्टेशन’ तथा डा राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन’ शीर्षकमा पूरा सत्रका कार्यक्रमहरु आयोजना हुनेछन् ।

यसका साथै रतन झाको संयोजनमा ‘फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा सञ्जिव सापकोटाको संयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज’, डा विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’, डा गोपी उप्रेती र डा पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट’, डा अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वान डेभलपमेन्ट’ तथा डा उत्तम गौली र डा उमा प्रधानको संयोजनमा ‘भोकेशनल एजुकेशन शीर्षकमा गोष्ठीको आयोजना हुने सङ्घले जानकारी दिएको छ ।

सङ्घको स्वास्थ्य समितिले आगामी सेप्टेम्बर महिनाको १८ देखि २० सम्म (असोज २–४) विश्व स्वास्थ्य सम्मेलनको समेत आयोजना गरिने जनाएको छ । अनलाइनमार्फत हुने सम्मेलनमा विश्वभर रहेका १०० भन्दा बढी नेपालीमूलका चिकित्सकहरुको सहभागिता रहने बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy