जाजरकोट । कुशे गाउँपालिका पैँकका महेन्द्र शाही आफ्नो गाउँमा फोन नलाग्दा दैनिक हैरान छन् । सदरमुकाम बसेर गाउँमा आफन्तसँग मोबाइलमार्फत फोन सम्पर्क गर्न नसक्दा शाहीलाई पीडा थामिनसक्नुभएको छ । उनी भन्छन् “मैले तिरेको कर, मैले हालेको भोटको मूल्य म कहिले पाउँछु ?
शाहीले आफ्नो गाउँमा फोन नलाग्नु र टावर निर्माण नहुनाका कारण खोज्न एक युवालाई लिएर जाजरकोट नेपाल टेलिकमको कार्यालयमा गएको बताए । दुनियाँ इन्टरनेट र प्रविधिको प्रयोगले संसार निहालिरहेको बेला हामी भने फोनका लागि टेलिकम कार्यालयमा धर्ना दिन जानु सानो पीडा नभएको अर्का अमृत गौतमले बताए ।
फोनकै समस्याले कुशे गाउँपालिकाको अधिकांश काम अवरुद्ध हुँदै आएको पीडा स्थानीय सरकारसँग पनि छ । “घाम लागे अग्ला डाँडामा गएर लाग्ने फोन घाम नलागे कहाँ हराउँछ थाहा नै हुँदैन”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे । उनले थपे, “गाउँपालिकाभित्रका सबै वडामा सम्पर्क गर्न कम्तीमा तीन दिनभन्दा बढी लाग्छ, कोही दुःखी, बिरामी भएमा सजिलै उद्धार गर्नसमेत समस्या छ ।”
“गाउँमा न फोन लाग्छ, न त सजिलै हिँड्न सक्ने गतिलो सडक नै छ ? प्रभावकारी सञ्चार नहुँदा कैयौँले समयमै उपचार नपाउँदा अकालमै ज्यान जाने गरेको छ”, कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले गुनासो पाखे । उनले
भने, “दुई हप्ताअघि मेरो वडामा विषालु च्याउ खाएका व्यक्तिसँग सम्पर्क गर्न नसक्दा पाँच जनाले ज्यान गुमाउनुपर्यो । स्याक्रीगाउँमा फोन गर्न ४ घण्टा अग्लो माथि डाँडा जानुपर्छ ।”
गाउँमा कहाँ के भइरहेको छ भन्ने सूचना पाउन कम्तीमा पनि दुई दिन पर्खनुपर्ने बाध्यता भएको अध्यक्ष नेपालीले पीडा सुनाए । त्यस्तै बारेकोट गाउँपालिका रहेको रतनकोटस्थित स्काई प्रविधिको टावरमा पावरको अभावमा घाम लागेमात्र सामान्य टावर आउँछ । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराको पालामा निर्माण गरिएको सो टावरले शुरुका दिनमा राम्रो काम गरे पनि अहिले ‘कभरेज एरिया’ निकै साँघुरो भएको छ ।
गत असार २५ गते पहिरामा परी बारेकोट गाउँपालिकामा १३ जनाको ज्यान गएको र एक हजार २०० भन्दा बढी घर भत्किएको समयमा तीन दिनसम्म फोनको सम्पर्क नहुँदा सङ्घीय सरकार, प्रदेश सरकारका साथै सदरमुकामबाट बारेकोट सम्पर्क गर्न फलामको चिउरा चपाएझैँ भएको थियो । अहिले पनि कुन ठाउँमा कति राहत वितरण भएको छ, कसले कति राहत पायो भन्ने सूचना पाउन मुस्किल भएको छ । वडा कार्यालय, विद्यालयमा जोडिएका इन्टरनेटमार्फत सूचना लिने र दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जनाए ।
बर्खायाममा लगातार पानी परिरहेकाले भएका टावरहरु सञ्चालन नहुँदा अहिले जाजरकोटको ४० प्रतिशत भूभागमा मात्र सामान्य सञ्चार सम्पर्क हुने गरेको छ । जिल्लामा निर्माण गर्ने भनिएका सातवटा जिएसएम प्रविधिका नमस्तेको टावर दुई वर्षदेखि निर्माण नहुँदा समस्या भएको हो । भारतीय कम्पनीले टावर निर्माणको जिम्मा लिएर बीचमै छाडेर सम्पर्कमा नआएपछि पूर्ण ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्ने तयारी भएको जाजरकोट टेलिकमले जनाएको छ । टावर निर्माण गर्छु भन्दै तीनपटक सम्म प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा रहेको स्थानीय तहका सबै प्रमुख र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको रोहवरमा कागजसमेत गरेको भारतीय कम्पनी पछिल्लो पटक सम्पर्कमा नआउँदा ठेक्का रद्दतर्फ अगाडि बढेको हो ।
छिमेकी जिल्ला डोल्पामा समेत यही भारतीय कम्पनीले टेलिफोन टावर निर्माणको जिम्मेवारी लिएको कारण अहिलेसम्म टावर निर्माण हुन नसकेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । कर्णाली क्षेत्रका अधिकांश ठाउँमा टेलिफोन टावरकै समस्या रहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: