Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

न्यूयोर्कका नर्सिङ होममा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या किन लुकाइयो ?

न्यूयोर्क। ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शैयाको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ ।

तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छः यहाँ २१ जनाको ज्यान गएको थियो । उनीहरूको मृत्यु हुनुअघि हतारमा अस्पतालमा सारिएको थियो ।

“यहाँ एक नियमित आकस्मिकता झैं थियो,” प्रशासक एमिल फुजायेभले भन्नुभयो । “एक पछि अर्को व्यक्तिको मृत्यु भएको थियो ।”

न्यूयोर्कका नर्सिङ होमहरुमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या वास्तवमै ठूलो छ । न्यूयोर्क राज्यमा अमेरिकामै सबैभन्दा बढी नागरिकको कोरोनाभाइरस संक्रमणबाट ज्यान गएको थियो । राम्रो सेवा सुविधा दिएको दाबी गर्ने नर्सिङ होमहरुले संकटका घडीमा राम्रो काम गर्न नसकेको आरोप लाग्न थालेको छ ।

उनीहरुले नर्सिङ होममा आश्रित व्यक्तिहरुको मृत्युको संख्या पनि न्यून देखाएका छन् । नर्सिङ होममा बिरामीको मृत्यु हुनैलाग्दा अस्पताल पु–याइएका ती व्यक्तिलाई नर्सिङ होमको रेकर्डमै राखिएको छैन । त्यस विवरणले नर्सिङ होममा मानिसको मृत्यु भएको देखाउँदैन ।

राज्यको आधिकारिक केयर होममा भएको मृत्युको संख्या हालसम्म केवल ६ हजार ६०० मात्र देखाइएको छ । तर डेमोक्र्याटिक पार्टीका तर्फबाट गभर्नर रहेका एन्ड्रु कुमो प्रशासनले यो संख्या बताउन इन्कार गरेको छ । अन्य राज्यभन्दा राम्रो काम गरिरहेको देखाउन पनि कुमो प्रशासनले वास्तविक विवरण लुकाउन खोजेको आरोप छ ।

यसै महिनाको शुरुमा नर्सिङ होमसम्बन्धी एक संसदीय सुनुवाईका क्रममा न्यूयोर्कका स्वास्थ्य आयुक्त होवार्ड जुकरलाई राज्यका सिनेटर गुस्ताभो रिभेराले व्यंग्यमिश्रित भनाई राख्नुभएको थियो, “यही त समस्या हो । यस मुद्दालाई तपाईं अलग रुपमा परिभाषित गर्न प्रयास गरिरहनु भएको छ ताकि तपाई अरु राज्यभन्दा अझ राम्रो देखिन सक्नु हुन्छ ।”

यसले कति धेरै फरक पार्न सक्छ रु मे महिनायता, संघीय नियामकहरूले नर्सिङ होमहरूलाई कोरोनाभाइरसबाट व्यक्तिको मृत्युका बारेमा विवरणहरु प्रत्येक हप्ता बुझाउन भनिरहेका छन् चाहे उनीहरुको मृत्यु नर्सिङ होममा होस् वा अस्पतालमा ।

किनभने न्यूयोर्कको प्रकोप उच्चतम विन्दुमा पुगे पनि विवरणहरु तुलनात्मक रूपमा सानो छ । संघीय विवरणका अनुसार, राज्यको नर्सिङ होमहरुमध्ये पाँचौं होमले जुनको शुरुदेखि मध्य जुलाईको बीचमा त्यहाँ आश्रित व्यक्तिको मृत्युको घटना टिपाएका थिए जसमा ३२३ व्यक्तिको मृत्यु भएको जनाइएको छ जबकी राज्यले गरेको गणनामा त्यस अवधिमा १९५ जनाको मात्र ज्यान गएको देखिएको छ ।

महामारीको सुरुदेखि नै आधा मात्रै गणना गर्दा पनि नर्सिङ होमहरुमा एक हजारभन्दा बढीको मृत्यु भएको अनुमान गर्न सकिन्छ, र यो संख्या हजारौं हुन सक्नेछ ।

संख्याको अर्को समूहले पनि गणनामा कमजोरी रहेको देखाएको छ । राज्यको स्वास्थ्य सेवा विभागले गरेको सर्वेक्षणले यस वर्ष नर्सिङ होमहरुमा २१ हजार शैया खाली रहेको देखाएको छ, जुन अनुमानभन्दा १३ हजार बढी हो । यसले नर्सिङ होममा मृत्यु हुनेको आधिकारिक संख्या झन्डै दोब्बर रहेको देखाउँछ । हो, महामारीका बीचमा नर्सिङ होममा आश्रय लिन खोज्नेको संख्यामा कमी आएको र मानिसहरूले आफ्ना प्रियजनलाई नर्सिङ होममा नपठाउन चाहेको केही संख्या पनि हुन सक्छ । तर ठूलै संख्यामा शैयाहरु खाली हुँदा शंका उत्पन्न गराएको छ ।

न्यूयोर्कको गणना त्रुटिपूर्ण रहे पनि गभर्नर कुमोले अन्य राज्यहरूको तुलनामा राम्रो गरिरहेको भन्न हिच्किचाउनु भएको छैन ।

न्यूयोर्कका नर्सिङ होममा भएका मृत्युका बारेमा कुमोलाई प्रश्न गर्दा उहाँ हरेकचोटि त्यस्तो आलोचना राजनैतिक रूपमा अभिप्रेरित रहेको भन्दै टिप्पणी गर्ने गर्नुहुन्छ । उहाँ न्यूयोर्क राज्यका नर्सिङ होममा मृत्यु भएकाहरुको संख्या कूल संख्याको २० प्रतिशत रहेको दाबी गर्नु हुन्छ ।

उहाँको भनाईमा न्यूयोर्कका नर्सिङ होममा भएको मृत्युसंख्या दर अन्य राज्यभन्दा कम रहेको छ । पेन्सिल्भेनिया राज्यमा कूल मृतकमध्ये नर्सिङ होममा आश्रितको संख्या ६८ प्रतिशत, म्यासाचुसेट्समा ६४ प्रतिशत तथा न्यूजर्सीमा ४४ प्रतिशत रहेको विवरण सार्वजनिक भइसकेका छन् ।

कुमोले सोमबार एक प्रेस ब्रिफिङमा भन्नुभयो, “न्यूयोर्कसँग अरु राज्यको तुलना गरौं, तथ्य विवरण नै हेरौं । तपाईले देख्नु भएकै छ, न्यूयोर्कका नर्सिङ होममा मृत्यु भएका व्यक्तिको प्रतिशत कूल मृत्यु भएका व्यक्तिको सूचीमा सबैभन्दा तल्लो स्थानमा छ ।”

गत महिनाको एक अर्को ब्रिफिङमा पनि कुमोले अमेरिकी राज्यहरुमध्ये न्यूयोर्क ३५औं स्थानमा रहेको दाबी गर्नु भएको थियो । “पहिले अरु ३४ वटा राज्यमा गएर कुरा राख्नुहोस् । रिपब्लिकन शासित राज्यहरु फ्लोरिडा, टेक्सास, एरिजोनामा सोध्नुहोस् । त्यहाँ नर्सिङ होमको अवस्था के छ सोध्नुहोस् । यो सबै राजनीति हो ।”

बोस्टन विश्वविद्यालयका वृद्धावस्थासम्बन्धी स्वास्थ्यविज्ञ टमस पर्ल्सले न्यूयोर्कमा नर्सिङ होममा २० प्रतिशतको हाराहारीमा वृद्धवृद्धाको मृत्यु भएको तथ्याँक विश्वसनीय नरहेको बताउनुभयो ।

एसोसिएटेड प्रेसले गरेको सर्वेक्षणले देशभर ६८ हजार २०० भन्दा बढीको मृत्यु नर्सिङ होम र यस्तै स्थानमा आश्रित व्यक्ति एवं नर्सिङ कर्मचारीको मृत्यु भएको देखाएको छ । अमेरिकामा पछिल्लो विवरण अनुसार कोरोना संक्रमितमध्ये १ लाख ६३ हजारको मृत्यु भइसकेको छ ।

केजर फेमिली फाउन्डेसनले तयार पारेको ४३ राज्यका नर्सिङ होमको विवरण अनुसार कूल मृतकमध्ये नर्सिङ होममा आश्रितहरुको संख्या ४४ प्रतिशत रहेको छ । यही अनुपातलाई आधार मान्दा पनि न्यूयोर्कमा ११ हजारभन्दा बढी व्यक्तिको नर्सिङ होममा मृत्यु भएको मान्न सकिन्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending