म्याग्दी । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ ।
पाँच वर्षअघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालय भवनमध्ये जिल्लाका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय ९शिक्षा० मार्फत थप ४५ वटा विद्यालयको भवन पुनःनिर्माणको क्रममा छन् । २४ वटा चार कोठे, नौ वटा तीन कोठे र २२ वटा दुई कोठे भवन पुनःनिर्माण भएको कार्यालयका प्रमुख तुलाराज चौलागाईले जानकारी दिए ।
उनका अनुसार २२ वटा शौचालय र दुई वटा विद्यालयमा खानेपानी आयोजना निर्माण भएको छ । “भवन, शौचालय र खानेपानीसहित पुनःनिर्माण भएका कुल योजना सङ्ख्या ७९ र कक्षा कोठा १६७ वटा छन्”, प्रमुख चौलागाईले भने, “१०१ वटा विद्यालय पुनःनिर्माणका लागि सूचीकृत भएका थिए ।” कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुनःनिर्माण शुरु भएको थियो । पहिलो वर्ष एक वटा दुई कोठे, दुई वटा तीन कोठे र एक वटा चार कोठे भवन निर्माण भएको थियो ।
आव २०७४/७५ मा तीन वटा दुई कोठे, तीन वटा तीन कोठे र एक वटा एक कोठे भवन निर्माण भएको थियो । २०७५/७६ को पहिलो चरणमा आठ वटा दुई कोठे, दुई वटा तीन कोठे र १० वटा चार कोठे भवन बनेका थिए । ०७५/७६ को दोस्रो चरणमा छनौट भएका १० वटा दुई कोठे, दुई वटा तीन कोठे र १२ वटा चार कोठे भवनका योजना पनि सम्पन्न भएका छन् । आव २०७६/०७७ को पहिलो चरणमा छनोट भएका पाँच वटा चार कोठे भवन निर्माणको अन्तिम चरणमा छन् ।
नौ वटा शौचालयमध्ये दुई वटा र छ वटा खानेपानीमध्ये दुई वटा योजना सम्पन्न भएको छ । २०७६/०७७ को दोस्रो चरणमा १० वटा दुई कोठे, तीन वटा तीन कोठे र ३२ वटा चार कोठे भवन, २१ वटा शौचालय र २१ वटा खानेपानी योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् ।
कार्यालयका सूचना अधिकारी विष्णु रिजालका अनुसार यो वर्ष चार कोठे भवन निर्माण हुने विद्यालयमा हिमाञ्चल मावि, शिख मावि, प्रभा मावि, ज्ञानप्रकाश मावि, अमर मावि चिमखोला, अमर मावि पाखापानी, महेन्द्र मावि झि, ज्ञानोदय मावि, रघुगङ्गा मावि, महादेव मावि छन् । सरस्वती मावि तातोपानी, जनकल्याण मावि पुलाचौर, गलेश्वर मावि तोरीपानी, थाकनपोखरी आधारभूत विद्यालय, अर्जुन मावि भकुण्डे, रामचन्द्र मावि अर्जम, मङ्गला मावि, दीपशिखा मावि, महेन्द्ररत्न मावि, त्रिभुवन मङ्गला मावि र थाइवाङ आधारभूत विद्यालयमा पनि चार कोठे भवन निर्माण हुने भएका छन् ।
यसैगरी मालिकाको सिद्ध आधारभूत, भगवति आधारभूत, ओखरबोट मावि, निस्कोट मावि, धौलागिरिको किसानी मावि, जनविकास मावि, जनजागृति मावि, भुमे आधारभूत, धौलागिरि आधारभूत र चन्द्रज्योति मावि रहेका छन् । जनआदर्श आधारभूत कोटगाउ, बालप्रिय आधारभूत भकिम्ली र शिशुकल्यान आधारभूत विद्यालय निस्कोटमा तीन कोठे भवन निर्माणका लागि छनोट भएको छ । पोखरेबगर आधारभूत, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत, जनसुन्दर, बालमन्दिर, मसुङडोले, सरस्वती, शिवालय, मालिका, जनज्योति र जगन्नाथ आधारभूत विद्यालय दुई कोठे भवन निर्माणमा छनोट भएका छन् ।
विद्यालय भवन निर्माणका लागि प्राविधिकले तयार पारेको लगत इस्टिमेटअनुसार बजेट विनियोजन भएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरी लागत अनुमान तयार पारिएको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थीले सुरक्षित महसुस गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: