Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

रसियाली नेता नाभाल्नीलाई जर्मनी पठाउन अस्वीकार

मस्को । रसियाली चिकित्सकहरुले साइबेरियाली शहर ओम्स्कको अस्पतालमा उपचारका लागि भर्ना भएका रसियाली विपक्षी नेता अलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पठाउन गरिएको अनुरोधलाई अस्वीकार गरेका छन् ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता नाभाल्नी बिहीबारदेखि ओम्स्क अस्पतालको सघन उपचार कक्षमा बेहोस अवस्थामा रहेका छन् ।

साइबेरियाली शहर टोमस्कबाट राजधानी मस्को फर्कनेक्रममा बिमानमा असहज महशुस गरेका ४४ वर्षीय नाभाल्नीलाई बिहीबार आपतकालीन अवतरण गराएर ओम्स्क अस्पतालमा भर्ना गरिएको थियो ।

उनीलाई बिमानमा विषाक्त वस्तु मिसाएर चिया खुवाइएको विपक्षीहरुको आरोप छ । बिमानमा चिया पिएलगत्तै असहज महशुस गरेका नाभाल्नी त्यसयता बेहोस छन् ।

नाभाल्नीकी प्रवक्ता किरा यारमिसले ट्वीट गर्दै भनेका छन्, “अस्पतालका प्रमुख चिकित्सकले नाभाल्नीलाई स्वास्थ्य स्थिति कमजोर भएकाले अन्यत्र पठाउन नसकिने बताएका छन् । उनका अवस्था अस्थिर छ । परिवारका सदस्यले अन्यत्र लैजान गरेको अनुरोध स्वीकार गर्न सकिँदैन ।”

नाभाल्नीको टोलीका सदस्यहरुले नाभाल्नीलाई जर्मनी लैजान ओम्स्क बिमानस्थलमा एउटा बिमान तयारी अवस्थामा राखिएको बताएका छन् । ओम्स्क शहर जर्मनीको शहरबाट करिब ४ हजार २०० किलोमिटर टाढा छ र यहाँबाट बिमानमा छ घण्टा लाग्छ ।

नाभाल्नीका समर्थक इभान झाडनोभले प्रहरीले नाभाल्नीको शरीरमा निकै खतरनाक पदार्थ भेटिएको जनाएको बताएका छन् । तर अधिकारीहरुले उक्त पदार्थका बारेमा बताउन अस्वीकार गरेका छन् । स्थानीय प्रहरीले फरेन्सिक परीक्षण जारी रहेकाले अहिल्यै केही बताउन नसकिने जनाएको छ ।

ओम्स्क अस्पतालका प्रमुख चिकित्सक अलेक्जान्डर मुराखोभ्स्कीले नाभाल्नीको स्वास्थ्यमा केही सुधार भएको शुक्रबार बताएका छन् । तर नाभाल्नीलाई अहिल्यै अन्य अस्पताल पठाउन जोखिम छ, उनले भने ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: