काठमाडौँ । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोवारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा आज यहाँ जारी विज्ञप्ति मार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोवार गर्न भनेको हो ।
यस्तै धितोपत्र दलाल व्यवसायीलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी समेत विद्युतीय माध्यमबाट मात्रै गर्न आग्रह गरिएको छ । राजधानी काठमाडौँलगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले निषेधाज्ञा घोषणा गरेको सन्दर्भमा त्यसलाई पूर्ण रुपमा परिपालना गर्दै एसोसिएशनले यस्तो विषम अवस्थामा सिमित बैंकिङ कारोबार भएको तथा चेक मार्फत शेयर खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीलाई अप्ठ्यारो पर्ने जनाएको छ ।
एसोसिएशनले नेपाल धितापत्र बोर्डले यही भदौ ३ गते जारी गरेको निर्देशन र त्यसमा उल्लेख भए अनुसार थप १५ दिन भित्रमा धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम विद्युतीय भुक्तानी माध्यमबाट मात्रै गर्न समेत पुनः स्मरण गराइएको छ । सो अवधिमा धितोपत्र दलाल व्यवसायीले विद्युतीय माध्यमबाट भन्दा अन्य माध्यमबाट भुक्तानी लिन नसक्ने समेत स्पष्ट पारेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: