काठमाडौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् ।
त्यस्तै प्रदेश नं २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एक जना रहेका छन् । वाग्मती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये काठमाडौँका नौ र ललितपुरका दुई जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा आठजना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये कास्कीका एक र नवलपुरका सात जना रहेका छन् ।
प्रदेश नं ५ मा ११ जना पत्रकार सङ्क्रमति भएका छन् । तीमध्ये बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका छ र रुपन्देहीका दुई जना रहेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेखमा एकजना पत्रकार सङ्क्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। उनले सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको जानकारी दिए।
कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकार सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । महासङ्घले सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पिसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको उनले बताए ।
महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत अपिल गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: