गलेश्वर । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीका शहरी क्षेत्रमा उच्च सर्तकता अपनाइए पनि ग्रामीण क्षेत्रमा भने वेवास्ता गरेको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणबाट जोगिन अझै पनि चेतनाको अभाव कायमै छ । महामारीले विश्वव्यापी रुपमा अत्याइरहँदा पनि यस क्षेत्रका स्थानीयवासीले सामान्य अवस्थाको जस्तै दिनचर्या बिताइरहेका छन् । शहरी क्षेत्रमा सुरक्षाका उपायहरू अवलम्बन गर्ने गरेको देखिए पनि गाउँघरमा भने सचेतनाको न्यूनता देखिएको हो ।
मानिसको बढी भीडभाड हुने पश्चिम म्याग्दीका कतिपय स्थानीय तहका वडा कार्यालयमा सावुनपानी, मास्क र सेन्टिाइजरको समेत व्यवस्था गरिएको छैन । गाउँघरमा कोरोनाविरुद्धको स्वास्थ्य सुरक्षा सामग्रीको समेत अभाव रहेको पाइएको छ । गत आइतबार पश्चिम म्याग्दीको मालिका गाउँपालिका— ७ मराङको वेसीमा म्याग्दी समाज न्यूयोर्क अमेरिकाले उपलव्ध गराएको राहत रकम बुझ्न आएका ५० जनाभन्दा बढी पहिरो पीडितले न मास्क लगाएका थिए न त अन्य कुनै स्वास्थ्य सुरक्षाका साधन नै प्रयोग गरेका थिए । यहाँसम्मकी पहिरोले पुर्याएको क्षतिको लगत सङ्कलनमा खटिएका सुरक्षाकर्मी र वडासचिवले समेत मास्क लगाएका थिएनन् ।
धौलागिरि गाउँपालिका—७ मराङका वडाध्यक्ष राजाराम सुवेदीले गाउँमा कोरोना विरुद्ध चेतना कम भएको स्वीकार गरे। उनले भने, “अहिले गाउँमा पहिरो पीडितको समस्या नै कसरी समाधान गर्ने भन्ने ध्याउन्नमा सबै लागेका छौं, गाउँघरमा मास्क र सेन्टिाइजरको प्रयोग नगरी जथाभावी हिँड्ने प्रवृत्ति पनि व्याप्त छ ।”
यस्तै समस्या पश्चिम म्याग्दीका प्रायः सबै गाउँमा देखिएको छ । गाउँघरमा मेलापात, कुँवा पँधेराजस्ता भीडभाड हुने ठाउँमा समेत सामाजिक दूरीको कुनै वास्ता छैन । ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण र यसबाट जोगिने उपायबारे जनजेतना फैलाउन आवश्यक देखिएको पश्चिम म्याग्दीका पहिरो पीडितलाई सहयोग रकम वितरण गर्न मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न वडामा पुगेर फर्किनुभएका म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले कोरोना सङ्क्रमणको जोखिम कम गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । एउटा घरमा तीन/चार वटासम्म मास्क पु¥यायौँ । तैपनि लापर्वाही भइरहेको छ । उनले भने, “न मास्क लगाउँछन्, न त सामाजिक दूरी नै कायम गर्दछन् ।
सेन्टिाइजरको प्रयोग त परैको कुरा भयो ।” ग्रामीण समुदायमा कोरोना सङ्क्रमण फैलिहाल्यो भने त्यसले भयावह रुप लिने र थेग्नै नसकिने जनप्रतिनिधिको भनाइ छ ।
जिल्ला सदरमुकाम बेनीबजारमा भने कोरोना सङ्क्रमण रोक्नका लागि उच्च सर्तकता अपनाइएको छ । स्थानीय प्रशासनले म्याग्दी प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरेको छ । झोलुङ्गे पुलमा फलामे वार लगाएर ताला मारिएको छ । मास्क नलगाई बजारमा हिड्डुल गर्नेलाई सुरक्षाकर्मी नियन्त्रणमा लिएर सचेत बनाउने काम गरिएको छ । पसल, कार्यालय, बैंक तथा वित्तीय संस्थामा सावुनपानी र सेन्टिाइजर अनिवार्य राख्न लगाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: